नेकपा एमाले बागलुङ-काठमाडौं सम्पर्क मञ्चको १२ औं सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । सो सम्मेलनले अर्जुन सापकोटाको अध्यक्षतामा नयां कार्य समिति सर्बसम्मत चयन गरेको छ । समितिमा उपाध्यक्ष तारा प्रसाद सापकोटा र ममता गैरे शर्मा, सचिव ओम केसी, उपसचिव सचिता गौतम र देवेन्द्र पौडेल, कोषाध्यक्ष कृष्ण वहादुर खड्का चयन हुनुभएको छ ।
मञ्चको सदस्यहरुमा कृष्ण प्रसाद उपाध्याय, तम्कली शर्मा, राम बहादुर क्षेत्री, गणेश चालिसे, शुशिल ढुंगाना, तिल बहादुर पुन, मन बहादुर दमाई, कुविर खड्का, कृष्ण खड्का, रामचन्द्र आचार्य, दिल बहादुर क्षेत्री, केश माया घर्ति, मदन घर्ति, सन्तोष घिमिरे, अपिल खरेल, पेम कुमारी भण्डारी, किस्मत पौडेल, विनिता भण्डारी, कमला शर्मा, दलबिर भण्डारी, मिलन कँडेल, भिम पुन, भिम पौडेल, विर वहादुर अदैै र जित बहादुर छन्त्याल चयन हुनुभएको छ ।
यस अघि पार्टीका सचिव योगेश भट्राईले सम्मेलनको उद्घाटन गर्नु भएको थियो । सो समारोहमा पोलिटब्युरो सदस्य मन कुमार केसी, लील वहादुर थापा मगर, सम्पर्क कमिटीका केन्द्रिय सदस्य तथा सहइन्चार्ज कल्पना थापा, केन्द्रिय सदस्य सूर्य पाठक, समन्वय समितिका संयोजक श्याम कुमार वस्नेत, गण्डकी प्रदेश सम्मर्क कमिटीका अध्यक्ष ऋषि कँडेल, सचिव पदम गिरी, पार्टीका जिल्ला अध्यक्ष हिरा वहादुर केसी लगायतले शुभकामना शुभ कामना ब्यक्त गर्नु भएको थियो ।