मध्यपहाडी लोकमार्ग बागलुङको रोकिएको काम पुनःप्रारम्भ

-


     कालिका दर्शन     
     फागुन ८ गते २०७८ मा प्रकाशित


गत असारपछि रोकिएको मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्र्तगत बागलुङ जिल्ला सदरमुकाम खण्डको २५ किलोमिटरमा पुनः काम शुरु भएको छ ।
गत असोजमा बागलुङ घोडाबाँधे सडकखण्ड अन्र्तगत बिहुँमा दुई किलोमिटर सडक कालोपत्रे गरेर काम छाडेको निर्माण कम्पनीले फागुनबाट काम थालेको हो ।
अहिले जिल्ला सदरमुकामको खहरे, मुलपानी क्षेत्रमा बेस बिच्छाउने कार्य भइरहेको छ भने उपल्लो खण्डको बिहुँमा कालोपत्रेका लागि ग्राभेल विच्छाउने कार्य भइरहेको मध्यपहाडी पुष्पलाल राजमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ ।
पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना पर्वत कार्यालयका प्रमुख इन्जिनियर नारायणदत्त भण्डारीका अनुसार असारपछि निर्माण व्यवसायिलाई निरन्तरको ताकेतापछि निर्माण कम्पनीले निर्माणलाई तिब्रता दिन थालेको बताउनुभयो ।
मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङ बजार उपल्लाचौर–अक्षेते–बिहुँ खण्ड र बिहुँ घोडाबाँधे सडक खण्डको २५ किलोमिटर सडक दुई खण्डमा विभाजन गरेर ठेक्का भएको थियो । उपल्लाचौरदेखि अक्षेते–बिहुँ खण्ड २०७३ माघ १४ गते दुई वर्षमा सडक कालोपत्र गर्ने ठेक्का सम्झौता भएको भएपनि निर्माण शुरु भएको छ वर्षसम्म ६० प्रतिशतमात्रै काम सम्पन्न भएको छ ।
यस्तै मुलपानी बोक्से सम्म ग्राभेलको काम भइरहेको र खहरेमा बेश विच्छाउने काम भइरहेको छ । चार महिनादेखि ठप्प भएको उपल्लाचौर अझेते सडक खण्डमा अहिले काम भइरहेको सडक निर्माणको जिम्मा पाएको निर्माणको जिम्मा पाएको भारत÷सिद्धिसाई कम्पनीले जनाएको छ ।