बागलुङका प्रहरी प्रमुख पल्ली मगरको सरुवा

-


     कालिका दर्शन     
     फागुन ९ गते २०७८ मा प्रकाशित


जिल्ला प्रहरी कार्यालय, बागलुङका प्रमुख, प्रहरी उपरिक्षक कृष्ण बहादुर पल्ली मगरको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय,मानव श्रोत तथा प्रशासन बिभागको माघ ८ को पत्रमा बागलुङका प्रहरी प्रमुखको प्रहरी युक्ति तालिम महाबिद्यालय, जर्गाह पश्चिम नवलपराशी सरुवा भएको उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालय, बागलुङमा ११ महिना १५ दिनको कार्यकालमा उहांको जिम्मेवारी महत्वपूर्ण मानिएको छ । अत्यान्त शालिन, भलादमी र सेवाग्राहीसंगको नम्र व्यवहारको प्रशंसा हुदै आएको थियो । जिम्मेवारी सम्पादनका क्रममा उहांको कार्यकालमा कुनै बिवादित विषयहरु नबनेकाले पनि प्रहरी उपक्षिक पल्ली मगरको जनताले सम्मान गरेको पाइन्छ ।
यसै गरी बिशेष सुरक्षा गण बेल चौतारा, तनहुंका प्रमुख दयानिधि ज्ञवालीको जिल्ला प्रहरी कार्यालय, बागलुङमा सरुवा भएको छ । ज्ञवालीको सरुवासंगै मन्त्रालयले १८ जना प्रहरी उपरिक्षकहरुको सरुवा गरेको छ ।