डा तरुण पौडेल चिकित्सा कोष, बागलुङले २०७८ सालको स्वास्थ्यकर्मी र स्वास्थ समाजसेवी सम्मान गर्ने व्यक्तित्वहरुको नाम छनौट गरेको छ । कोषका अध्यक्ष काजीरोषनको अध्यक्षतामा सोमबार बसेको बैठकले ४ जना व्यक्तित्वहरुलाई सम्मान गर्ने निर्णय गरेको छ ।
कोषका अध्यक्ष काजिरोषनका अनुसार तत्कालिन बागलुङ अस्पताल (हालको धौलागिरी अस्पताल) मा ३ बर्ष कार्यरत डा विधाननिधी पौडेल पुरस्कृत गर्ने निर्णय गरेको छ । डा.पौडेल हाल निजामती अस्पतालमा कार्यरत हुनुहुन्छ । यसै गरी मुस्ताङ घरपझोङ गाउंपालिकामा कार्यरत स्वास्थ्यकर्मि कर्ण बहादुर थकाली, धौलागिरी अस्पताल, बागलुङमा कार्यरत नर्सिङ अधिकृत देवी कुमारी नेवारलाई पनि पुरस्कृत गरिने छ ।
म्याग्दी तातोपानी कुण्ड ब्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रमान शाक्यलाई नगद सहित सम्मान गर्ने निर्णय गरिएको अध्यक्ष रोषनले जानकारी दिनु भयो । पुरस्कृत तथा सम्मानित व्यक्तित्वहरुलाई जनही नगद १५ हजार प्रदान गरिने छ ।
समाजसेवी तथा साहित्यकार काजिरोषनको सक्रियता र प्रेरणाले धौलागिरी अस्पतालका तत्कालिन मे सु डा तरुण पौडेलले स्थापना गर्नु भएको कोषले स्वास्थ्य क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गर्दै आएको छ । कोषमा हाल करिब ९ लाख रुपैया रहेको छ । २०७० सालमा कोषको स्थापना गरिएको थियो ।