बानपा ४ मा एकल महिला संगठित

-


     कालिका दर्शन     
     फागुन १० गते २०७८ मा प्रकाशित


मानब अधिकारका लागि महिला, एकल महिला समूह बागलुङ संगठन बिस्तारको अभियानमा रहेको छ । समूहकी जिल्ला अध्यक्ष खरक कुमारी खड्का ‘देवी’ले दिनु भएको जानकारी अनुसार बानपा ४ मा बसेको एकल महिलाहरुको भेलाले वडा समिति गठन गरेको छ ।
मंगलबार बसेको भेलाबाट अध्यक्ष कमलादेवी आचार्य, उपाध्यक्ष खगेश्वरी आचार्य तथा सचिवमा दिल कुमारी आचार्यलाई चयन गरिएको छ । सो समूहको सदस्यहरुमा भगवती केसी, ठग कुमारी आचार्य, पुतली आचार्य, पत्रिता थापा, जमुना केसी, काली सर्किनी, सिता आचार्य, राधिका आचार्य, पुतली आचार्य ‘ठुली’ र संगिता शर्मा आचार्य रहनु भएको जिल्ला अध्यक्ष खड्काले बताउनु भयो ।