बिप्लव नेतृत्वको नेकपाद्धारा गल्कोटमा पत्रकार सम्मेलन

-


     कालिका दर्शन     
     फागुन १० गते २०७८ मा प्रकाशित


नेपाल कम्युनिष्ट पार्टी, गल्कोट नगर समितिले मंगलबार प्रेस विज्ञप्ती जारी गरेको छ । गल्कोटमा पत्रकार सम्मेलन गरी गल्कोट इन्चार्ज गोविन्द सापकोटा ‘अनुसन्धान’ तथा विशेष कमिटी, बागलुङका दलसिंह खत्री ‘मिसन’ले हस्ताक्षर गरी जारी गरेको विज्ञप्तीमा सो पार्टीले स्थापना काल देखि नै हरेक किसिमका सामाजिक विकृती विसंगती र भ्रष्टाचार विरुद्ध निरन्तर संघर्ष गर्दै आएको कुरा आम जनसमुदायमा अवगत नै छ । भनिएको छ ।
एमसीसी राष्टघाती रहको उल्लेख गर्दैै सदनमा टेबल गरिएकोमा विरोध गरिएको छ । बढ्दो महङ्गी, कालोबजारी, घुसखोर आदीको विरोध गर्दै आफ्नो पार्टीको आग्रह नमाने जनस्तरबाट नै कारवाही गर्ने चेतावनी दिएको छ ।
हेनूहोस विज्ञप्ती