भकुण्डेमा आउन थाले पर्यटक, बराहताल जोड्न पदमार्ग बन्दै

-


     कालिका दर्शन     
     फागुन ११ गते २०७८ मा प्रकाशित


बागलुङको पर्यटकिय गन्तब्य भकुण्डेमा यतिबेला आन्तरिक पर्यटकहरुको आगमन बढ्न थालेको छ । कोरोना माहामारीका कारण केही समय पर्यटकहरुको चहल पहल कम देखिए पनि पछिल्लो दिनमा क्रमश पर्यटकहरु भकुण्डेमा आउन थालेको समाजसेवी मन बहादुर थापा बताउनु हुन्छ ।

भकुण्डेको विशेष पर्यटकिय गन्तब्यको रुपमा रहेको बराहतालमा पनि पर्यटकहरुको चमल पहल बढेको छ । ताल वरपर शनिवार सहित सार्बजनिक बिदाको समयमा पर्यटकहरु बढी आउने गरेको थापा बताउनु हुन्छ ।

भकुण्डे आउने पर्यटकहरुलाई लक्षित गरी दह फप्रेटाबाट बराह तालसम्मको करिब डेढ मिटर चौडाइ, ३ सय मिटर लामो पदमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको निर्माण समितिका अध्यक्ष मन बहादुर थापाले जानकारी दिनु भयो ।
वडा समितिको १ लाख ३० हजार तथा जनश्रमदान गरी कूल १ लाख ५५ हजारको लागतमा सो पदमार्ग पुरा गरिने छ । यस बर्ष बजेट अभावले पदमार्गलाई अरु बिस्तार गर्न नसकिए पनि आगामी बर्ष पर्यटकिय स्थलहरुमा पदमार्ग निर्माणको कामलाई प्राथकिता दिएर निर्माण गरिने अध्यक्ष थापाले बताउनु भयो ।