बागलुङको८ पालिकामा सक्रिय संक्रमित शुन्य

-


     कालिका दर्शन     
     फागुन १२ गते २०७८ मा प्रकाशित


बागलुङ जिल्लाको १० स्थानिय तह मध्ये ८ स्थानिय तहमा कोरोना संक्रमण शुन्यमा झरेको छ ।
कोरोना भाइरसको तेस्रो संक्रमण शुरु भएसंगै सवै पालिकामा तिव्र रुपमा देखिएको संक्रमितको संख्या क्रमस घट्दै गएसंगै ८ स्थानिय तहमा सक्रिय सक्रमितको संख्या शुन्यमा झरेको हो ।
बागलुङको जैमिनी नगरपालिका, ढोरपाटन नगरपालिका, काँठेखोला गाउँपालिका, बरेङ गाउँपालिका, तमानखोला गाउँपालिका, निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिकामा सक्रिय संक्रमितको संख्या शुन्यमा झरेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।
१० स्थानिय तह मध्ये बागलुङ नगरपालिकामा १७ र गल्कोट नगरपालिकामा १ जना सक्रिय संक्रमित रहेको जानकारी दिदै स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले संक्रमित सवै होम आइसोलेशनमा रहेको बताउनुभयो ।
पछिल्लो २४ घण्टा बागलुङमा पिसीआर परिक्षणको क्रममा बागलुङ नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ भने बागलुङ नगरपालिकाका ५, गल्कोट नगरपालिकाका १, तमानखोला गाँउपालिकाका १ र अन्य १ गरि ८ जना संक्रमण मुक्त भएका छन् । हाल बागलुङमा सक्रिय संक्रमितको संख्या १८ रहेको घिमिरेले जानकारी दिनुभयो ।
बागलुङमा कोरोना संक्रमण शुरु भएदेखि हालसम्म पिसीआर र एन्टीजेन बिधिबाट ३० हजार ९४ जनाको कोरोना परिक्षण गरिएको, ९ हजार १३ जनामा संक्रमण पुष्टि भएको, ८ हजार ९ सय २३ जना संक्रमण मुक्त भएको र ७२ जनाको कोरोनाका कारण मृत्यु भएको घिमिरेले जानकारी दिनुभयो ।