प्रगतिशिल कानुन व्यवसायी संगठन, बागलुङ अध्यक्षमा ज्ञवाली

-


     कालिका दर्शन     
     फागुन १२ गते २०७८ मा प्रकाशित


प्रगतिशिल पेशागत कानुन व्यवसायी संगठन, बागलुङको चौथो जिल्ला अधिवेशन बुधबार सम्पन्न भएको छ ।नेकपा एमाले निकट कानुन व्यवसायीहरुको पेशागत संगठनको रुपमा यो संगठन रहेको छ । सो अधिवेशनबाट राधाकृष्ण ज्ञवालीको अध्यक्षतामा सर्बसम्मत जिल्ला कार्य समिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा डिल्लीराज गौतम, सचिव युक्तजंग राजभण्डारी, कोषाध्यक्ष रामकृष्ण शर्मा तथा सदस्यहरुमा बलराम शर्मा, यम बहादुर चर्मकार ममतादेवी शर्मा चयन हुनुभएको छ ।बाकी सदस्य पछि चयन गरिने अध्यक्ष ज्ञवालीले जानकारी दिनु भयो ।
सो अधिवेशनले केन्द्रिय सदस्य हरीप्रसाद शर्मा, राजु प्रसाद गौतम र राम शर्मालाई सल्लाहकारमा चयन गरेको छ । यसै गरी फागुन १४ गते हुने राष्ट्यि सम्मेलनका लागि केन्द्रिय सदस्य शर्मा सहित अध्यक्ष ज्ञवाली, राजु गौतम, राम शर्मा, ममतादेवी शर्मा,डिल्लीराज गौतम,यमबहादुर चर्मकारलाई प्रतिनिधि चयन गरिएको अध्यक्ष ज्ञवालीले जानकारी दिनु भयो ।