मानव सेवा आश्रम निर्माणका लागि जैमिनिबाट ११ लाख सहयोग

-


     कालिका दर्शन     
     फागुन १२ गते २०७८ मा प्रकाशित


मानब सेवा आश्रमको भवन निर्माणका लागि सहयोग संकलन हुने क्रम जारी रहेको छ ।यसै क्रममा जैमिनि नगरपालिकाले आश्रमको भवन निर्माणका लागि रु ११ लाख ११ हजार १ सय ११ रुपैयां सहयोग गर्ने भएको छ । उक्त रकम बानपा १ निरयमा निमाण भैरहेको भवनमा जैमिनि नगरपालिकाको नाममा एक कोठा तयार गरिने आश्रमकी बागलुङ संयोजक सुमिरा लामाले जानकारी दिनु भयो ।निरयमा आश्रमको भुइतल्ला ढलान भैसकेको छ । अव यो बर्ष पहिलो तल्लाको काम अगाडी बढाउने तयारी भैरहेको छ ।
यसै गरी आश्रमको व्यवस्थापनका लागि गल्कोट नगरपालिकाले १ लाख ५० हजार तथा निसी गाउंपालिकाबाट १ लाख रकम सहयोग प्राप्त भएको संयोजक लामाले जानकारी दिनु भयो ।
मानव सेवा आश्रमको भवन निर्माणका लागि आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारी तथा बागलुङ संयोजक सुमिरा लामा सहितको टोलीले हालै बागलुङका सबै पालिकाहरुमा पुगेर सहयोगको लागि प्रस्ताव बुझाएको छ । सोही क्रममा जैमिनि नगरपालिकाले उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो । अन्य पालिकाहरुले पनि सकारात्मक आश्वासन दिएको संयोजक लामाले बताउनु भयो ।