अर्थ मन्त्री जनार्दन शर्माद्धारा बलेवा एयरपोर्ट अवलोकन

-


     कालिका दर्शन     
     फागुन १२ गते २०७८ मा प्रकाशित


अर्थ मन्त्री जनार्दन शर्मा प्रभाकरले बिहीबार बागलुङ स्थित बलेवा एयरपोर्टको स्थलगत अवलोकन गर्नु भयो । सो अवसरमा एयरपोर्टको धावन मार्गमा भैरहेको पिचको कार्य १ हप्तामा सम्पन्न हुने ठेकेदारले जानकारी गराएका थिए ।अवलोकन पछी मन्त्री शर्माले एयरपोर्टको बाकी कामको लागि बजेट अभाव हुन नदिने बताउनु भयो । सो अवसरमा नेकपा माओबादी केन्द्रका नेता एवं पूर्व मन्त्री दिनानाथ शर्मा, बानपा १४ का अध्यक्ष चक्र बहादुर खत्री लगायत सहभागी हुनुहुन्थ्यो ।


बलेवा क्षेत्रमा भैरहेका अन्य गतिविधिहरुको समेत जानकारी गराइएको नेकपा माओबादी केन्द्र बागलुङ नगर समितिका सदस्य प्रकाश रखालले जानकारी दिनु भयो । सो पार्टीका १४ नं. समितिका अध्यक्ष खेमकान्त पौडेल राजेन्द्रले बलेवा क्षेत्रका विविध योजनाहरुलाई समेटेर नेकपा माओबादी केन्द्रका प्रभावशाली नेता समेत रहनु भएका अर्थ मन्त्रीको ध्यानाकर्षण गराइएको जानकारी गराउनु भयो । उहांले बलेवा कुकुरगाडे देखि कुश्मा जोड्ने पुल निर्माणका लागि पनि अनुरोध गरिएको बताउनु भयो ।


बुधबार बेलुका कुश्मा आउनु भएका मन्त्री शर्माले पर्बत, बागलुङ क्षेत्रमा रहेका पर्यटकिय गन्तब्यहरुको समेत अवलोकन गर्नु भयो । यसै गरी पर्वत उद्योग बाणिज्य संघको ४६ औं स्थापना दिवस एवं ३९ औं बार्षिक साधारण सभाको उद्घाटन गर्नु भयो ।