आगामी स्थानीय तहको निर्वाचनमा वाइसिएल नेपालले नेकपा माओबादी केन्द्रका उम्मेदवारहरुलाई बिजयी गराउन विशेष अभियान चलाउने भएको छ । वाइसिएल नेपाल गण्डकी प्रदेश समितिका इन्चार्ज राजकुमार दुलाल सुवर्णले पार्टीका उम्मेदवारहरुलाई जिताउन वाइसिएलको भूमिका महत्वपूर्ण हुने भएकाले सोही अनुसार चुनावी मैदानमा सक्रिय हुने बताउनु भयो ।
संगठनको कामले बागलुङ आउनु भएको बखत वाइसिएलका पदाधिकारीहरुसंगको भेटमा उहांले प्रत्येक वडाहरुमा वाइसिएलको समिति बनाएर पार्टीका उम्मेदवारको पक्षमा जनमत बनाउन आग्रह गर्नु भयो । पार्टी र उम्मेदवारले तयार पारेका चुनावी घोषणा पत्रलाई कार्यान्वयन गर्न वाइसिएलले ग्यारेन्टी गर्ने बताउनु भयो । पार्टीका उम्मेदवारहरुले चुनावपछी जनताको बीचमा गरेका बाचा बिर्सन नपाउन भनेर चुुनावपछी पनि वाइसिएलको संगठन जनताको विचमा निरन्तर सक्रिय रहने बताउनु भयो ।
पार्टीको तर्फबाट चुनावमा जादा आफ्नो क्षेत्रको शुष्म अध्ययन गर्न आग्रह गर्नु भयो । आफ्नो क्षेत्रमा रहेका विज्ञ, शिक्षक, पत्रकार, समाजसेवी, अनुभवी राजनितिज्ञहरुको सल्लाह, सुझावमा निति तथा योजना बनाउन सुझाव दिनु भयो । उहांले पार्टीको संगठन कमजोर देखिने स्थानमा वाइसिएलले तेहा नयां संरचना बनाउने पनि बताउनु भयो ।
संगठनको नयां विधान अनुसार अब पालिकाका प्रत्येक वार्डमा वाइसिल नेपालको कार्यालय राखेरै काम गरिने भएको छ । बागलुङका १० वटै पालिकाहरुबाट १।१ जना प्रदेश समिति सदस्य रहने र ति प्रदेश सदस्य पालिकाको इन्चार्ज हुने व्यवस्था रहेको जानकारी दिदै पालिकाको तर्फबाट योग्य व्यक्तिलाई प्रदेश पठाउने तर्फ पहल गर्न आग्रह गर्नु भयो । वाइसिएलको पनि जिल्ला समन्वय समित हुने र पालिकाका अध्यक्ष पदेन सदस्य रहने गरी २५ जनाको जिसस हुने जानकारी दिनु भयो । उहांले चुनाव अघि देशका सबै पालिकाहरुमा वाइसिएलको वोर्ड राखेर कार्यालय चलाउनु पर्ने बताउनु भयो ।