
नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र जिल्ला समन्वय समिति, बागलुङको बैठक शुक्रबार गल्कोटमा सम्पन्न भएको छ । बैठकमा संगठन सुदृढिकरण, बिस्तार र आगामी स्थानीय तहको निर्वाचनको तयारीका सम्बन्धमा विशेष छलफल भएको छ । साथै केन्द्रिय समितिबाट प्राप्त सर्कुलरका सम्बन्धमा पनि छलफल केन्द्रित भएको जनाइएको छ । बैठकले जिल्लाका सबै वडाहरु तथा जबस, मोर्चाहरुमा बैठक, प्रशिक्षण संचालन गर्ने भएको छ ।

जिल्ला संयोजक ज्ञामनाथ गैरे अनिलका अनुसार बैठकमा १० वटै पालिकाका अध्यक्षहरुले रिर्पोटिङ सहित आ आफ्नो पालिकाको बस्तुस्थिति प्रस्तुत गर्नु भएको थियो । बैठकमा केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज बलावति शर्माले केन्द्रिय कार्यालयबाट प्राप्त सर्कुलरको व्याख्या गर्दै बर्तमान अवस्थामा जिल्लाका नेता तथा कार्यकर्ताहरुको जिम्मेवारीका सम्बन्धमा भनाई राख्नु भयो । उहांले पालिका अध्यक्षहरुबाट प्राप्त रिर्पोटिङ र पछिल्लो अवस्थालाई दृष्टिगत गरेर प्रशिक्षण मन्तव्य राख्नु भएको थियो ।
बैठकमा प्रदेश समितिमा बागलुङबाट प्रतिनिधित्व गर्नु हुने सदस्यहरु, पालिकाका अध्यक्ष, उपाध्यक्ष, सचिव लगायत सहभागी रहनु भएको थियो । बैठकले आगामी स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर अन्य पार्टीसंग संवाद र छलफल गर्ने समेत निणय गरेको बैठक पछि जिल्ला संयोजक गैरेले जानकारी दिनु भयो ।