दलित मुक्तिमोर्चा संगठन बिस्तारमा,ढोरपाटनमा विक तमानमा श्रीपाली अध्यक्ष

-


     कालिका दर्शन     
     फागुन १४ गते २०७८ मा प्रकाशित


नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र निकट दलित मुक्तिमोर्चा, बागलुङ संगठन विस्तारमा जुटेको छ । जिल्लाका सबै पालिका र वार्डहरुमा भेला, प्रशिक्षण र समिति गठन गर्ने अभियानमा मोर्चा जुटेको छ ।
यसै क्रममा हालै ढोरपाटन नगरपालिका क्षेत्रमा सम्पन्न भेलाबाट प्रेम बहादुर विश्वकर्माको अध्यक्षतामा ५५ सदस्यीय समिति गठन गरिएको छ ।

यसै गरी तमानखोला गाउंपालिका क्षेत्रमा सम्पन्न भेलाबाट टोपबहादुर श्रीपालीको अध्यक्षतामा ४५ सदस्यीय समिति गठन गरिएको छ । मोर्चाकी बागलुङ अध्यक्ष टिक कुमारी विश्वकर्माका अनुसार संगठन निर्माण,दलितमाथि भएको उत्पिडन अन्त्यको लागि जनचेतनामुलक कार्यक्रम र मोर्चाको सदस्यहरुलाई राजनैतिक प्रशिक्षण र पालिकास्तरीय समिति गठन गरिएको जानकारी दिनु भयो ।