जनकल्याण मा.वि, भीमापोखराको ९३ औं बार्षिकोत्सव सम्पन्न

-


     कालिका दर्शन     
     फागुन १४ गते २०७८ मा प्रकाशित


बागलुङ जिल्लाकै पुरानो विद्यालयको रुपमा रहेको जनकल्याण माध्यामिक विद्यालयको ९३ औं बार्षिकोत्सव भब्य रुपमा सम्पन्न भएको छ । वार्ड अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका पदेन सदस्य विद्यापति शर्माका अनुसार राणा शाषन कालमा भाषा पाठशालाको निति बने बमोजिम अग्रजहरुले उक्त विद्यालय १९८५ सालमा स्थापना गरेका थिए । हाल सो विद्यालयमा १२ कक्षासम्म पठनपाठन हुने गरेको छ । विद्यालयमा २ सय ६७ विद्यार्थिहरु रहेका छन । साधन श्रोत र पूर्वाधारका हिसावले विद्यालय आत्मनिर्भर हुदैछ । उच्च मावि तर्फको ४ कोठा भने जिर्ण भएको छ ।


बार्षिकोत्सवको अवसरमा समाजसेवी स्वर्गिय खडानन्द पाध्या तथा उहांकी श्रीमति मोतिकला उपाध्याय र हरीकला शर्माको नाममा स्थापित खडानन्द मोतिहरी स्मृति कोषले परिवारको उपस्थितिमा ५ जना विपन्न र जेहेन्दार विद्यार्थिहरुलाई छात्रबृत्ति प्रदान गरेको थियो । यसै गरी कलागौरी स्मृति कोषबाट १३ जना विद्यार्थिहरुलाई छात्रबृत्ति प्रदान गरिएको थियो ।
यस अघि बार्षिकोत्सवको काठेखोला गाउंपालिकाका अध्यक्ष अमर बहादुर थापाले उद्घाटन गर्नु भएको थियो । वार्ड अध्यक्ष विद्यापति शर्माको अध्यक्षतामा सो बार्षिकोत्सव सम्पन्न भएको थियो ।