सामाजिक कार्यमा सक्रिय बानपा १ निवासी नितु खड्काले आगामी स्थानीय तहको निर्वाचनमा चुनाव लड्ने मनस्थिति बनाउनु भएको छ । ३० बर्षिय नितु विएन नर्स हुनुहुन्छ । विभिन्न संघसस्थाहरुमा आबद्ध रहेर सामाजिक कार्य गर्दै आउनु भएकी नितुले स्वास्थ्य क्षेत्रमा गाउं गाउं पुगेर धेरै कामहरु पनि गर्नु भयो ।
कोरोना माहामारीको समयमा उहांले गाउं बजारमा पुगेर विरामीहरुलाई धेरै सहयोग गर्नु भयो । तर समाज परिवर्तनका लागि राजनितिक नेतृत्व सक्षम र इमान्दार नहुदा सम्म अरुको मात्र प्रयासले समाज बदलिन गाहो हुने देख्नु भयो । साथीभाई तथा समाजको सचेत बर्गले आफुलाई राजनितिमा लाग्न प्रेरित गरेकाले आगामी स्थानीय तहको निर्वाचनमा बागलुङ नगरपालिकाको नगर प्रमुखमा उम्मेदवारी दिने तयारी गरिरहेको बताउनु हुन्छ ।
केही समय अगाडी नेकपा एकिकृत समाजवादीमा आबद्ध भए पनि नितुले चुनावमा स्वतन्त्र उम्मेदवारी दिने मनस्थिति बनाउनु भएको छ । चुनावमा स्वतन्त्र टिम बनाउने तयारी छ । पार्टीको साघुरो घेराबाट माथि उठ्न उहांले युवाहरुलाई आग्रह गर्नु हुन्छ । बागलुङमा उहांले स्वास्थ्य र शिक्षाको विकासमा विशेष ध्यान दिनुपर्ने बताउनु हुन्छ । ५० बर्ष देखि हामी नेताहरुको भाषण सुन्दै आएका छौं तर परिणाम सबैको अगाडी छ । नितु अगाडी भन्नु हुन्छ अव परिवर्तन हामी दिन्छौं । परिवर्तन हाम्रै पालामा । आफु मेयर भए पनि यहांका पार्टीहरुसंग समन्वय गरेर नै अगाडी बढ्ने उहां बताउनु हुन्छ । यति हो कि धेरै बर्ष पार्टीको सरकार हेरौं, अव युवाको हेरौं न त ।
स्थानीय तहको चुनाव भनेको स्थानीय नेताहरुले नेतृत्व गर्ने व्यवस्था भएकाले युवाहरु नेतृत्वमा आउन ढिला नगर्न सबैलाई आग्रह गर्नु भयो । देशमा परिवर्तन चाहिएको छ । परिवर्तनको नेतृत्व युवाबाट नै सम्भव छ । देशका राजनैतिक दलहरुले पनि हामी जस्ता युवाहरुलाई उचित स्थान दिनु पर्ने र आफुहरुले पनि दलहरुलाई निषेध गर्न नखोजेको बताउनु हुन्छ । नेतृत्वमा आउन, पार्टीमा नै लागेकोले मात्र अवसर पाउने परिपाटी हटाउनै पर्छ । योग्य र क्षमतावान मान्छे स्वतन्त्र बस्यो भने अवसर नै नपाउने भन्ने त भएन नी नितु बताउनु हुन्छ ।
चुनावको बेला पार्टी र नेताहरुमा देखिने सक्रियता अघिपछी देखिन्न । उहांहरुको भाषण र महत्वकांक्षी योजनाले जनतामा खासै परिवर्तन आउन नसकेको नितुको भनाई छ । सामाजिक सन्जालहरुबाट जुन समर्थन पाएको छु म खुशि छु र जनताबाट पनि तेही खालको अपेक्षा गरेको छु ।
अव जनताको घरदैलोमा पुगेर उहांहरुको सुझाव लिने र युवाहरुको टिम बनाउने तयारीमा म छु भन्दै मेरो कुरा पनि जनताका माझमा राख्ने छु नितु भन्नुहुन्छ । मेयरका लागि म सक्षम छु, नगरको नेतृत्व लिन चाहान्छु । देश विदेशका मेयरहरुसंग पनि सुझाव लिएको छु । जनताको धेरै पहिला देखिको चाहना र भावना म सम्बोधन गर्न सक्छु भन्ने विश्वास मलाई लागेको छ । मलाई लाग्छ परिणाम राम्रो आउछ ।अव युवाहरुले सक्रियता देखाउने समय आयो नितुको भनाई छ ।