बागलुङ नगरमा संगठन विस्तार गर्दै माओबादी

-


     कालिका दर्शन     
     फागुन १४ गते २०७८ मा प्रकाशित


स्थानीय चुनावको घोषणासंगै देशमा चुनाबी सरगर्मि बिस्तारै बढ्दै गैरहेको छ । यसै क्रममा नेकपा माओबादी केन्द्र बागलुङ नगरसमितिले नगर क्षेत्रमा आफ्नो संगठनलाई सुदृढिकरण र विस्तारमा लागेको छ । नगर क्षेत्रका १४ वटै वडाहरुमा घरदैलो तथा भेला गरी आन्तरिक रुपमा पार्टीलाई बलियो बनाउने अभिप्रायले वार्ड तथा टोल बैठकहरु बसेका छन ।
यसै क्रममा बानपा ५ स्थित मालिकामा शनिवार बडा बैठक सम्पन्न भएको छ । सो बैठकमा विभिन्न पार्टी परित्याग गरी १५ जना माओबादी पार्टीमा प्रवेश गरेका छन । नगर समितिका उपाध्यक्ष चित्र बहादुर सुवेदी तथा नगर समितिका सदस्य टेक बहादुर क्षेत्री बद्रिले नब प्रवेशीहरुलाई स्वागत गर्दै पार्टी सदस्यता प्रदान गर्नु भएको छ ।


बैठकलाई सम्बोधन गर्दै नगर उपाध्यक्ष सुवेदीले बागलुङ नगरपालिकामा अवको बैकल्पिक र निर्णायक शक्ति माओबादी हुने दाबी गर्नु भयो । उहांले विगतका कमीकमजोरी सच्चाउदै इमान्दार पूर्वक आफुहरु जनताको घर आगनमा आएको बताउनु भयो । यसै गरी बानपा ५ मा पार्टीलाई पुनसंगठन गर्दै बैकल्पिक शक्तिको रुपमा उभ्याउने र मालिकाको विकासमा अन्य पार्टीहरुसंग समन्वय र सहकार्य गर्दै अगाडी बढ्ने नगर समिति सदस्य टेक बहादुर क्षेत्रि बद्रिले बताउनु भयो ।
यसै गरी बानपाका अन्य वार्ड तथा टोलहरुमा पनि भेला, प्रशिक्षण तथा बैठकहरु बसेका समाचारहरु प्राप्त भएका छन ।