बागलुङको रामरेखामा माओबादीको सक्रियता

-


     कालिका दर्शन     
     फागुन १४ गते २०७८ मा प्रकाशित


आगामी स्थानीय चुनावलाई मध्यनजर गर्दै नेकपा माओबादी केन्द्र, बानपा १ को कार्य समिति बैठक शनिवार बसेको छ । वडा समितिका अध्यक्ष सुरेन्द्र बोहोराको अध्यक्षता, नगर समिति सदस्य बसन्त मल्लको विशेष आतिथ्यता, निवर्तमान वडा समिति अध्यक्ष राम प्रसाद शर्माको आतिथ्यता र सचिव रमेश थापाको संचालनमा बैठक बसेको थियो ।
सहभागीहरुलाई उपाध्यक्ष प्रेम बहादुर सार्कीले स्वागत व्यक्त गर्नु भएको थियो । बैठकमा बानपा १ रामरेखामा माओबादी पार्टीको संगठन विस्तार, आगामी स्थानीय चुनाव लगायतका प्रस्तावमा छलफल गरिएको वडा समिति अध्यक्ष बोहोराले जानकारी दिनु भयो ।
बैठकलाई सम्बोधन गर्दै नगर कमिटी सदस्य मल्लले बागलुङ नगरपालिकामा बिगतको स्थानीय चुनावी तालमेलमा भएको कमजोरीका कारण नेकपा माओवादी केन्द्र ५ बर्षसम्म स्थानीय सरकारमा प्रतिनिधित्व बिहिन बन्न पुग्यो जस्ले गर्दा पार्टी र जनता बिचको सम्पर्कमा समस्याहरु देखा परे यस्को बारेमा गम्भीर समिक्षा गर्दै अवको चुनाबमा संगठन बिस्तार गर्दै जन वर्गीय संगठन बनाउदै र जनभेटघाट गर्दै जनसम्रथन बनाएर अवको बैकल्पिक र निर्णायक शक्ति माओबादी हुने दाबी गर्नु भयो । यसै गरी रामरेखाको विकासमा अन्य पार्टीहरुसंग समन्वय र सहकार्य गर्दै अगाडी बढ्नु पर्नेमा निवर्तमान अध्यक्ष राम प्रसाद शर्माले बताउनु भयो । वडा समितिका अध्यक्ष बोहराले रामरेखामा माओबादी केन्द्रलाई सबैको साथ सहयोग र सम्रथन जुटाउदै पहिलो पार्टी बनाउने प्रतिबद्धता व्यक्त गर्नु भयो।