तनहुंमा आइटिएफ तेक्वान्दोको टेक्नीकल सेमिनार तथा विशेष प्रशिक्षण

-


     कालिका दर्शन     
     फागुन १४ गते २०७८ मा प्रकाशित


भिमाद नगरपालिका वार्ड नं.६ मा अवस्थित खेलकुद रङ्गशालामा आइटिएफ तेक्वान्दोका खेलाडीहरुका लागि टेक्नीकल सेमिनार तथा विशेष प्रशिक्षण शनिवार सम्पन्न भएको छ । अन्तराष्ट्यि रेफी ब्ल्याक बेल्ट चौथो डान आकाशचन्द्र घर्ति मागरले १ सय २० खेलाडीहरुलाई विशेष प्रशिक्षण दिएका थिए ।


सो अवसरमा भिमाद तेक्वान्दो एकेडेमी, रिसिङपातन तेक्वान्दो एकेडेमी, एक्लेखेत तेक्वान्दो डोजाङ,शुक्लागण्डकी तेक्वान्दो डोजाङका खेलाडीहरु सहभागी थिए । प्रशिक्षण पछि कालिका दर्शनसंगको संक्षिप्त कुराकानीमा प्रशिक्षक घर्ति मगरले खेलाडीहरुको आत्मबल बृद्धि गर्न र नयां सिप सिक्न यो प्रशिक्षण सहायक बनेको बताए । समाजमा खेलप्रतिको महत्व र चासो बृद्धि गरी युवाहरुमा आइटिएफ तेक्वान्दोप्रति आकर्षण बढाउन, जिल्ला भरीका खेलाडीहरु बीचको आपसी सम्बन्ध र विश्वास अभिबृद्धिका लागि यो प्रशिक्षण महत्वपूर्ण भएको बताए


प्रशिक्षण पछि खेलाडीहरुलाई सहभागिताको प्रमाण पत्र वितरण गरिएको थियो । सो प्रशिक्षणमा ब्ल्याक बेल्ट दोर्सो डान उत्तम थापा , ब्ल्याक बेल्ट दोर्सो डान गोपाल चन्द , ब्ल्याक बेल्ट दोर्सो दान सोम बहादुर गुरुङ ब्ल्याक बेल्ट दोर्सो डान आशिष थापा ब्ल्याक बेल्ट पहिलो डान दिपेश मगरले थप सहजिकरण गरेका थिए ।