अधिवक्ता केशव पराजुली आरपिएलएएन प्रदेश संयोजक चयन

-


     कालिका दर्शन     
     फागुन १४ गते २०७८ मा प्रकाशित


गणतान्त्रिक प्रगतिशिल कानुन व्यवसायी संगठन नेपाल (आरपिएलएएन )को गण्डकी प्रदेश समितिको संयोजकमा बागलुङका कानुन व्यवसायी केशव पराजुली चयन हुनु भएको छ । सो संगठनको काठमाडौंमा संचालन भएको राष्ट्यि भेलाले पराजुलीलाई उक्त जिम्मेवारी दिएको हो ।
सो भेलाले देशका ७ प्रदेश संयोजकहरु तोकेको छ । यसै गरी गण्डकी प्रदेशमा हाल संयोजक बाहेक ९ जना कानुन व्यवसायीहरुलाई प्रदेश सदस्य तोकिएको संयोजक पराजुलीले जानकारी दिनु भयो । सो संगठन नेकपा माओबादी केन्द्र निकट मानिन्छ ।