मोटरसाइकल दुर्घटनापछी उपचाररत केसीलाई आर्थिक सहयोग

-


     कालिका दर्शन     
     फागुन १५ गते २०७८ मा प्रकाशित


बानपा-६ धारापानी निवासी २० बर्षिय इश्वर केसी करिब १ हप्ता अगाडी मोटरसाइकल दुर्घटनामा परी गम्भिर घाइते हुुनु भएको छ । सो दुर्घटनामा परि उपचाररत केसीको परिवारलाई बानपा ६ निवासी भुवानी आचार्यको सक्रियतामा विभिन्न व्यक्तिहरुबाट संकलन भएको २ लाख ६५ हजार ५ सय १० रुपैया आइतबार पिडित परीवारलाई हस्तान्तरण गरिएको छ ।
के.सीको उपचारमा बानपा ६ स्थित शितल टोल र जिबन्त टोलबासी, भान्सा निवासी सूर्य प्रसाद सापकोटा बाट संकलन भएको १० हजार सहित १ लाख ६५ हजार ५ सय १० तथा बानपा ८ सिंगाना हाल अमेरिका निवासी १० जनाबाट १ लाख रकम सहयोग स्वरुप परिवारलाई हस्तान्तरण गरिएको स्थानिय भुवानी आचार्यले बताउनु भयो ।
पोखरा स्थित फेवा सिटी अस्पतालमा उपचारपछि केसीलाई केही दिनको आरामका लागि निवासमा ल्याइएको छ । घरको आर्थिक अवस्था सामान्य रहेको केसीको परिवारमा १ आमा, १ भाई र १ श्रीमति रहनु भएको छ । केसीको टाउको र मुखमा गम्भिर चोट लागेको र हाल अबस्था खतरामुक्त रहेको पनि आचार्यले जानकारी दिनु भयो ।


सहयोग दाताहरु