बलेवा सेवा समाज जापानको मृगौला पिडितलाई आर्थिक सहयोग

-


     कालिका दर्शन     
     फागुन १५ गते २०७८ मा प्रकाशित


बलेवा सेवा समाज जापानले मृगौलाको समस्याबाट पिडितलाई आर्थिक सहयोग गरेको छ। दुवै मृगौलाले काम गर्न छाडे पछि काठमान्डौको शिक्षण अस्पतालमा उपचाररत हुम बहादुर कुँवरलाई समाजले आर्थिक सहयोग गरेको हो । बागलुङ नगरपालिका १३ मुसुराबारी निवासी कुँवरको उपचारमा सहयोग पुर्याउने उद्वेश्यले अभियान सञ्चालन गरि सहयोग संकलन गरेको समाजका अध्यक्ष टिकाराम रिजाल बिमल ले जानकारी दिनुभयो ।

उहाँका अनुसार समाजले सञ्चालन गरेको अभियानबाट संकलित ७७ हजार नेपाली रूपैया पिडितका बुवा मन बहादुर कुँवरलाई बा न पा -१३,वडा सदस्य एकनाथ रेग्मी मार्फत एक कार्यक्रमका बिच चेक हस्तान्तरण गरिएको हो । कार्यक्रममा स्थानिय समाजसेवी रत्नाकर शर्मा, टंक ढकाल मुक्तिराम शर्मा, नर प्रसाद रिजाल लगाएतको उपस्थिति रहेको थियो ।