रामरेखा सामुदायिक सेवा केन्द्रद्धारा प्रजिअ र प्रहरी प्रमुखको स्वागत

-


     कालिका दर्शन     
     फागुन १५ गते २०७८ मा प्रकाशित


सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, रामरेखाले बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल तथा प्रहरी उपरिक्षक दयानीधि ज्ञवालीलाई स्वागत गरेको छ । आइतबार केन्द्रको कार्यालय, रामरेखामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ढकालले स्वागत ग्रहण गर्दै समाजलाई शान्त र मेलमिलापको वातावरणमा राख्न सामुदायिक सेवा केन्द्रको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो ।


यस्तै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक ज्ञवालीले प्रहरी र जनता मिलेर गरेको कामले परिणाम राम्रो दिएको भन्दै करिब १५ बर्षको समयमा सामुदायिक सेवा केन्द्रहरुको काम राम्रो देखिएको बताउनु भयो । उहांले बागलुङलाई सुरक्षित राख्न आफु सदा प्रयत्नशील रहने बताउनु भयो ।
केन्द्रका अध्यक्ष दुर्गा बहादुर आचार्यले रामरेखा सामुदायिक सेवा केन्द्रले संचालन गरेका र आगामी योजनाहरुका बारेमा जानकारी गराउदै जिल्लामा हालै जिम्मेवारी सम्हाल्नु भएका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई स्वागत गर्नु भयो । केन्द्रकी महासचिव लक्ष्मी बोहोराको संचालन, उपाध्यक्ष शम्भु आचार्यको स्वागत मन्तव्यमा शुरु भएको कार्यक्रममा सामुदायिक सेवा केन्द गुठीकी अध्यक्ष लिला खड्काले शुभ कामना मन्तव्य व्यक्त गर्नु भएको भएको थियो ।