शिवरात्री मेलामा पञ्चकोट बेलढुङ्गा- पदयात्रा, यात्रा सम्झन लायक भयो -पदयात्री गौतम

-


     कालिका दर्शन     
     फागुन १५ गते २०७८ मा प्रकाशित


पुष्पाञ्जली ग्रामिण विकास केन्द्र, भीमापोखराले आयोजना गरेको महाशिवरात्री मेलाको अवसरमा पदयात्रा कार्यक्रम सम्पन्न भएको छ । पर्यटन प्रबद्र्धनका लागि पञ्चकोट कारिकोट, संसारकोट, दारेगौडा हुदै बेलढुंगा सम्मको पदयात्रा तय गरिएको थियो ।
पदयात्रामा सहभागी बागलुङ उद्योग बाणिज्य संघका सदस्य राजु गौतमका अनुसार यात्रामा १२ जना पदयात्री सहभागी थिए । करिब १७ किलोमिटरको यात्रा तय गर्न यो टिम बिहान ८: ३० पञ्चकोटबाट प्रस्थान गरेको थियो । बेलुढङ्गा पुग्दा सांझ ५ बजेको थियो ।
यात्राको अनुभव सुनाउदै गौतमले यो पदयात्रा धेरै नै रमाइलो भएको बताउनु भयो । मौसमले साथ दिदा हिमश्रृङ्खला रमाइला डाडाकाडा नियाल्दै, बनजंगलको बाटो, गाउंबस्ती हेर्दै पहरा चढ्दै साथिहरुसंगको रमाइलो निकै सम्झना लायक भएको गौतमले बताउनु भयो ।