भैण्डाडा विद्यालय, सिंगानाको ३३ औं बार्षिकोत्सव सम्पन्न

-


     कालिका दर्शन     
     फागुन १५ गते २०७८ मा प्रकाशित


भैण्डाडा आधारभुत विद्यालय सिंगानाको ३३ औं बार्षिकोत्सव तथा अभिभावक भेला आइतबार सम्पन्न भएको छ । सो अवसरमा उत्कृष्ठ शिक्षकको रुपमा शारदा खड्कालाई सम्मान गरिएको थियो । यसै गरी विभिन्न विधामा पुरस्कृत विद्यार्थिहरुलाई पुरस्कार प्रदान गरिको थियो । साथै अक्षयकोषबाट विद्यार्थिहरुलाई छात्रबृति पनि प्रदान गरिएको थियो ।


यस अगाडी बानपा ८ का वडा अध्यक्ष जित बहादुर जिशीले बार्षिकोत्सवको उद्घाटन गर्नु भएको थियो ।
बार्षिकोत्सवको अवसरमा विद्यालयका सस्थापक एवं समाजसेवी एकराज शर्मा, सिंगाना मावि, तित्याङका प्रधान अध्यापक गोपाल कुमार शर्मा, व्यवस्थापन समितिका पूर्व अध्यक्ष लोक बहादुर खड्का, भगवती आधारभुत विद्यालयका शिक्षक शिव खड्का लगायतले शुभ कामना मन्तव्य दिनु भएको थियो ।
निमिक्त प्रधान अध्यापक योगेन्द्र मल्लको संचालन, पार्वती ढकालको स्वागत मन्तव्य तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष केदारनाथ गौतमको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।