लखन कप भलिबल: पुरुष तर्फ सुजता एण्ड सुदर्शन गल्कोट , महिला तर्फ बडीगाडलाई उपाधी

-


     कालिका दर्शन     
     फागुन १६ गते २०७८ मा प्रकाशित


नेपाल मगर संघको ४० औं स्थापना दिवसको सन्दर्भमा आयोजित पुरुष तर्फको भलिबल उपाधी गल्कोटले हात पारेको छ । सुजता एण्ड सुदर्शन कन्सट्क्सन ,गल्कोट नगरपालिका- ७ मल्लले उपाधी सहित ८१, हजार १ सय ११ नगद हात पारेका छन ।
यसै गरी गल्कोट नगरपालिका १ पाण्डवखानीले दोस्रो स्थान प्राप्त गरेको छ । दोस्रो पुरस्कार नगद ४१ हजार १ सय ११ रहेको थियो । तरुण दल कोठेखोला- ८ लेखानी र सुवास ब्रेकरी उद्योग गल्कोट नगरपालिका- ५ लाई सान्त्वना पुरस्कार १०।१० हजार प्रदान गरिएको खेल संयोजक किशोर थापाले जानकारी दिनु भयो । पुरुष भलिबलमा जम्मा १२ टिमले भाग लिएका थिए ।


यसै लख कप महिला भलिबलको उपाधी बडीगाड गाउंपालिकाले हात पारेको छ । सो उपाधीसंगै बडीगाडका महिला खेलाडीले नगद ३० हजार हात पारेका छन । ताराखोला गाउंपालिकाले दोस्रो स्थान सुरक्षित गरी नगद १५ प्राप्त गरेका छन । महिला भलिबलमा जम्मा ६ टिमले भाग लिएका थिए ।

मगर दिवसकै सन्दर्भमा आयोजित अन्तर मा.बि सामूहिक लोक नृत्य प्रतियोगितामा कालिका कन्या मा.बिले प्रथम स्थान हासिल गरी नगद १० हजार, अमर आदर्श बी ले दोस्रो स्थान सहित ५ हजार तथा सनराइज र अमर आदर्श ए ले सान्त्वना पुरस्कार १।१ हजार प्राप्त गरे । सो प्रतियोगितामा जम्मा ५ विद्यालयको सहभागिता रहेको थियो ।
म्याग्दी सिंगाका बल बहादुर आलेले १२.३० मिटर दुरीमा छेलो फालेर ६ प्रतिस्पर्धीहरुलाई पछी पार्दै नगद ५ हजार जितेका छन । आलेले घैटो फोरको समेत उपाधी जिप्न सफल भएका थिए ।