निसिमा विश्वकर्मा तथा वडीगाडमा सुनार दलित मोर्चाको अध्यक्षमा चयन

-


     कालिका दर्शन     
     फागुन १६ गते २०७८ मा प्रकाशित


संगठन बिस्तारमा जुटेको दलित मुक्ती मोर्चाले बागलुङका विभिन्न पालिकाहरुमा भेला तथा प्रशिक्षणहरु संचालन गरिरहेको छ । यसै क्रममा निसी गाउंपालिकामा भएको भेलाबाट हिरा बहादुर विश्वकर्माको अध्यक्षतामा ४५ सदस्यीय पालिका समिति गठन गरिएको छ ।


यसै गरी बडीगाड गाउंपालिकामा भएको भेलाले टिपुरे सुनारको अध्यक्षतामा ३५ सदस्यीय पालिका स्तरिय समिति गठन गरिएको मोर्चाकी जिल्ला अध्यक्ष टिका कुमारी विश्वकर्माले जानकारी दिनु भयो । सो भेलामा नेकपा माओबादी केन्द्रका प्रदेश समिति सदस्य राजिब घिमिरे, गाउं समिति अध्यक्ष मिलन रेश्मी मगर, मोर्चाकी अध्यक्ष विश्वकर्मा लगायतका नेताहरुले शुभ कामना दिनु भएको थियो ।