गण्डकी गोपाल गौशाला मालिकामा झाडि सफाई कार्यक्रम सम्पन्न ।

-


     कालिका दर्शन     
     फागुन १७ गते २०७८ मा प्रकाशित


बागलुङ नगरपालिका ५ मालिकामा रहेको गण्डकी गोपाल गौशाला परिसरमा झाडि सफाई कार्यक्रम सम्पन्न भएको छ ।
भान्सा सेवा समाज भान्सा तथा मालिका मावि पुर्व विद्यार्थी मञ्चको सक्रियतामा शनिवार कार्यक्रम भएको हो । सो अवसरमा गौशाला परिसरमा बनमारा लगाएको झाडि सफाई गरिएको हो । सो कार्यक्रमा स्वामी कमलनयनाचार्य, बा.न.पा. १३ का वडा अध्यक्ष नारायण शर्मा पौडेल, मालिका पुर्व विद्यार्थी मञ्चका पदाधिकारी तथा सदस्य, बा.न.पा ५ भेडिखाल्ड, देउरालि डाँडा र बा.न.पा. ६ भान्साका गरि करिव ५० जना स्थानियको उपस्थिति रहेको थियो ।
झाडि सफाई पश्चात यहाँ रहेका गाईलाई घाँस तथा चरणमा सहजता हुने भएकाले यस कार्यमा जोडिने सम्पुर्णमा स्वामी कमलनयनाचार्यले सादुवाद प्रकट गर्नुभएको थियो । साथै सो अवसरमा आगामी फागुन ७ गते पञ्चकोटमा सम्पुर्ण संस्थापकहरुको वृहत बैठक रहेको जानाकारी समेत दिनुभएको छ ।