
नेकपा माओबादी केन्द्र, बागलुङ नगर समितिले पछिल्लो राजनैतिक घटनाक्रमसंगै संगठन बिस्तार र आगामी स्थानीय निर्वाचनका सम्बन्धमा बिशेष छलफल गरेको छ । पार्टीका केन्द्रीय सदस्य एवं बागलुङ जिल्ला इन्चार्ज बलावती शर्माको विशेष आतिथ्यता, प्रदेश समितिका सदस्यहरु तथा नगर समितिका पदाधिकारीहरु सो बैठकमा सहभागी हुनुहुन्थ्यो ।
केन्द्रिय सदस्य शर्माले पछिल्लो समय विकसित घटनाक्रमले माओबादी पार्टी नै निर्णायक शक्तिको रुपमा देखिएको र राजनितिक निकासका लागि अन्तिम निर्णय क प्रचण्डले नै गर्नु पर्ने अवस्थामा हाम्रो देश रहेको बताउनु भयो । उहांले जनता सडकमा हुदा ठुलो पार्टीको भूमिका कस्तो देखियो जनताले अव बुझेको पनि बताउनु भयो ।
बागलुङमा माओबादीको संगठनलाई अझै बिस्तार र एकिकृत गरी जनबर्गिय संगठनहरुलाई समेत पूणता दिइ जनताको भावना बुझेर काम गर्न नगर समितिका पदाधिकारी एवं सदस्यहरुलाई आग्रह गर्नु भयो । उहांले पार्टीको केन्द्रिय कार्यालयबाट प्राप्त सर्कुलरबारे बैठकमा व्याख्या सहित जानकारी गराउनु भयो ।
नगर समतिका अध्यक्ष इन्द्र के.सीको अध्यक्षतामा बसेको सो बैठकमा बागलुङ नगर क्षेत्रमा जबसहरुको संगठन बिस्तार, पार्टी सदस्यता कार्ड बितरण, आगामी बजेटमा समावेश गर्नु पर्ने योजना संकलन गरी प्रदेश तथा संघिय सरकारका बिभिन्न निकायहरुमा प्रस्ताव गर्ने लगायतका विषयमा छलफल गरिएको सो पार्टीले जनाएको छ । यसै गरी आगामी स्थानीय निर्वाचनका लागि वडाहरुमा सम्भावित उम्मेदवारहरुको रोष्टर तयार गर्ने र जनमत बुझ्ने आदी बिषयमा पनि छलफल केन्द्रिय रहेको जनाइएको छ ।
