शिवरात्रीको रौनक, ८० बर्ष पुरानो तित्याङको शिव मन्दिरमा पनि देखियो

-


     कालिका दर्शन     
     फागुन १७ गते २०७८ मा प्रकाशित


महाशिवरात्रीको विषेश सन्दर्भमा देश भरका शिव मन्दिरहरुमा भक्तजनहरुको उपस्थिति देखिएको छ । घर नजिक भएका शिव मन्दिरमा सरसफाई, रङ्ग रोगनमा केही दिन देखिनै सक्रियता देखिएको थियो । साथै शिवरात्रीको समयमा प्रसाद तयार गरी भक्तजनहरुलाई बितरण गर्ने, भजन किर्तन आदीमा पनि समाजिक व्यक्तित्वहरुको सक्रियता राम्रै देखिएको छ ।
यसै सिलसिलामा बानपा ९ स्थित साल्वोटमा सन १९९८ मा निर्माण गरी २००१ मा विधिवत रुपमा शिव भगवानको मूर्ति राखि प्राण प्रतिष्ठा गरिएको शिव मन्दिर रहेको छ । नियमित नित्य पूजा भैआएको यो मन्दिरमा शिव पाञ्चायन मन्दिरको रुपमा गणेश, विष्णु, सूर्य,नारायण, भगवतीको समेत पूजा आजा गर्न लागिएको स्थानीय समाजसेवी बद्री प्रसाद पौडेलले जानकारी दिनु भयो । यो मन्दिरको वरपर १०८ वरपिपलका विरुवाहरु पनि रोपण गरिएको छ । बजारसंगै जोडिएको काठेखोलाको लोमो झोलुङ्गे पुल तरेर भक्तजनहरु शिवजीको पुजा आजाका लागि सजिलै पुग्न सक्छन ।
महाशिवरात्रीको बिहानै देखी भक्तजनहरु यो मन्दिरमा पुजाका लागि आउनु भएको पौडेलले जानकारी दिनु भयो । पौडेलका अनुसार भक्तजनहरुको सुविधाका लागि मन्दिर व्यवस्थापन समितिले प्रसादी सहित पानी, चिया र भोजनको समेत प्रबन्ध मिलाएको छ । मन्दिरको अगाडी भजन किर्तन भैरहेको पनि छ । भत्तजनहरु स्वइच्छाले नाचगानमा पनि सहभागी भैरहनु भएको छ । सो मन्दिरमा सोमबार भक्तजनहरुको उपस्थिति अन्य दिनको तुलनामा बढी देखिने पौडेल बताउनु हुन्छ । शिवरात्रीको अवसरमा रातभर पुजा आजा सहित भजन किर्तन गरिने उहांले जानकारी दिनु भयो ।
भुकम्पका कारण मन्दिर क्षेत्रको जमिन बसेको तथा मन्दिर आउने जाने बाटोलाई विस्तार र बिकसित गर्नका लागि पनि समितिले सम्बन्धित निकायमा सहयोगको लागि अनुरोध गरेको उहाले बताउनु भयो ।