भगवती प्रा.वि, सिंगानाको २५ औं बार्षिकोत्सव, भद्र कार्कि उत्कृष्ठ शिक्षक

-


     कालिका दर्शन     
     फागुन १७ गते २०७८ मा प्रकाशित


भगवती प्राथमिक विद्यालय, सिगानाको २५ औं बार्षिकोत्सव भव्य रुपमा सम्पन्न भएको छ । बार्षिकोत्सवको सन्दर्भमा बिद्यालयका शिक्षक भद्र कार्किलाई सम्मान गरिएको छ । यसै गरी विद्यालयलाई विशेष सहयोग गर्नु भएकोमा वडा अध्यक्ष जित बहादुर जिशी राजनलाई पनि सम्मान गरिएको छ ।
बार्षिकोत्सवको अवसर पारेर आयोजित हाजिरी जवाफ प्रतियोगितामा सोफिया खड्का शुक्रराज समूह प्रथम, भिम खड्का दशरथ समूह दोस्रो तथा जिबन थापा गंगालाल समूहले तेस्रो स्थान प्राप्त गरेका थिए ।
पठन वोध प्रतियोगितामा खुश्बु खड्का प्रथम, विनिता कार्कि दोस्रो तथा सोफिया खड्काले तेस्रो स्थान प्राप्त गरे । विद्यार्थिहरुको म्यूजिकल चियर तर्फ भिम खड्का प्रथम, प्रतिक खड्का दोस्रो तथा जिबन थापा मगरले तेस्रो स्थान प्राप्त गरेको शिक्षक शिव खड्काले जानकारी दिनु भयो ।
यसै गरी यस बर्षको छात्रबृति बितरण तथा अक्षय कोषबाट विद्यार्थिहरुलाई पुरस्कृत गरिएको शिक्षक खड्काले बताउनु भयो ।
यस अघि २५ औं बार्षिकोत्सव समारोहको बानपा ८ का वडा अध्यक्ष जिशीले उद्घाटन गर्नु भएको थियो । सो अवसरमा प्रधानअध्यापक भद्र बहादुर कार्किले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द प्रसाद गौतमको अध्यक्षतामा भएको सो समारोहमा वडा सदस्य प्रेम जिशी, सिंगाना माबि लामिचौरका शिक्षक प्रतिनिधि भुपेन्द्र कार्कि, भैण्डाडा प्रा.विका शिक्षक केदार गौतमले शुभ कामना व्यक्त गर्नु भएको थियो । शिक्षक शिव खड्काको संचालनमा भएको समारोहको शिक्षक अभिभाबक संघका अध्यक्ष देवेन्द्र कार्किले स्वागत गर्नु भएको थियो ।