शिवरात्रीको अवसरमा शिवध्वजारोहण तथा स्नेह मिलन

-


     कालिका दर्शन     
     फागुन १८ गते २०७८ मा प्रकाशित


ब्रम्हाकुमारी ईश्वरीय विश्व विद्यालय एबं राजयोग प्रशिक्षण केन्द्र क्षेत्रीय कार्यालय बागलुङले महाशिवरात्रीको अवसरमा आध्यात्मिक प्रवचन शिवध्वजारोहण तथा स्नेह मिलन कार्यक्रम सम्पन्न गरेको छ ।
सो अवसरमा ब्रम्हाकुमारी ईश्वरीय विश्व विद्यालयका क्षेत्रिय कार्यालय प्रमुख ब्रम्हाकुमारी सावित्री दिदीले शिव महिमाबारे धार्मिक प्रवचन दिनुभएको थियो । कार्यक्रमा बोल्दै पुर्व राज्य मन्त्री चम्फादेबी खड्काले समाजलाई असल मार्ग तर्फ लैजानका लागि आध्यात्मिक चिन्तन आवश्यक पर्ने बताउनुभयो ।
कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरोशोत्तम सापकोटा, जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराई, नेपाली काँग्रेश बागलुङका पार्टी सभापति जितबहादुर सेरचन, बागलुङ नगरपालिका वडा नम्वर– २ का अध्यक्ष जिवन आचार्य, नेपाली काँग्रेस प्रदेश सदस्य शकुन्तला शर्मा, ब्रम्हाकुमार योगनाथ कँडेल, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।