बागलुङको कुंडुलेमा आध्यात्मिक राष्ट्रिय युवा सम्मेलनको तयारी

-


     कालिका दर्शन     
     फागुन १८ गते २०७८ मा प्रकाशित


बा.न.पा ४ स्थित तिरुपति बालाजीधाम, कुडुले फेदीमा आगामी चैत्र ३,४ र ५ गते श्रीबैष्णव युवा परिषद नेपालको राष्ट्रिय सम्मेलन हुने भएको छ । परिषदका केन्द्रिय अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यका अनुसार चैत्र ३ गते परिषदको उद्घाटन, छलफल, आध्यात्मिक चर्चा र चिन्तन तथा आंखा शिविर संचालन हुनेछ । ४ गते बन्द सत्र हुनेछ । यो दिन समसामयिक परिस्थिति लगायत, आध्यात्मिक विषयमा विशेष छलफल हुनेछ । ५ गते समापन कार्यक्रम घोषणा हुनेछ ।
हाल बैष्णव युवा परिषदको २० जिल्लामा शाखा रहेका छन । परिषदमा ४० बर्षसम्मका युवाहरु सदस्य रहने छन । सम्मेलनमा करिब १ सय युवाहरुले भाग लिने छन । सम्मेलनमा सन्त महात्मा विद्धान व्यक्तित्वहरुको पनि विशेष सहभागिता रहने छ । सम्मेलनको पहिलो दिन चैत्र ३ गते सम्पूर्ण सज्जन व्यक्तित्वहरुको सहभागिताका लागि परिषदले आग्रह गरेको छ ।
परिषदका केन्द्रिय अध्यक्ष स्वामी प्रपन्नाचार्यका अनुसार अध्यामिक चिन्तन मनन, धर्म संस्कृति परम्पराको संरक्षण, प्रबद्र्धन र प्रचार प्रसार, देशका मठ मन्दिरहरुको संरक्षण र प्रचार प्रसार गर्ने उद्धेश्य परिषदको छ । यसै गरी आध्यत्मिक बैष्णव युवाहरुलाई संगठित र क्रियाशिल गरी सत्मार्गमा लाग्न सबैलाई प्रेरित गर्ने लगायतका उद्धेश्य परिषदको रहेको छ ।