निजामती कर्मचारी संगठन बागलुङको अध्यक्षमा श्याम थापा

-


     कालिका दर्शन     
     फागुन १८ गते २०७८ मा प्रकाशित


नेपाल निजामती कर्मचारी संगठन बागलुङको अध्यक्षमा श्याम कुमार थापा सर्वसम्मत चयन भएका छन् । मंगलबार सम्पन्न ११ औ जिल्ला अधिवेसनले थापाको नेतृत्वमा १९ सदस्यीय कमिटि सर्वसम्मत चयन गरेको हो ।


संगठनको उपाध्यक्षमा त्रिलोचन गिरी र राधिका थापा मगर, सचिवमा मनोज कार्की, सहसचिवमा मदन सुवेदी र कोषध्ययक्षमा भविलाल शर्मा चयन हुनु भएको छ । महिला, सेवा समुह, पिछडिएको क्षेत्र लगायतका क्षेत्रबाट बाँकी सदस्य चयन भएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।
अधिबेशनको उद्घाटन गर्दै नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा प्रतिनिधी सभाका साँसद मनकुमारी जिसी केसीले मुलुक परिवर्तनका लागि कर्मचारीहरुको भुमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
निजामती कर्मचारीको भुमिकाका कारण बिभिन्न आन्दोलन सफल भएपनि कर्मचारीहरुको हक अधिकारका लागि सरकारले कुनैपनि भुमिका निर्वाह गर्न नसकेको उहाँको भनाई रहेको थियो । उहाँले निजामती कर्मचारीहरुले राखेका कुनै पनि मागलाई पुरा गर्नका लागि सवैको सहयोग हुनुपर्ने बताउनुभयो ।
केसीले नागरिकको सेवाका लागि खटिरहने कर्मचारीले इमान्दारीताका साथ सेवा प्रवाहलाई चुस्त दुरुस्त, पारदर्शी बनाउँदै लगेमा मात्र सुखी नेपाली समृद्ध नेपालको परिकल्पना पुरा हुनेमा जोड दिनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशका साँसद इन्द्रलाल सापकोटा, नेकपा एमालेका जिल्ला अध्यक्ष हिराबहादुर केसी, नेपाल निजामती कर्मचारी संगठन ११ औँ राष्ट्रिय महाधिवेसन आयोजक कमिटिका सदस्य घनश्याम सापकोटा, आयोजक कमिटिका प्रवक्ता प्रभासप्रसाद शाह, नेपाल स्वास्थ्य प्राविधीक संघका केन्द्रिय उपाध्यक्ष रामप्रसाद खनालले शुभकामना मंतव्य व्यक्त गर्नु भएको थियो ।
त्यसैगरि नेपाल निजामती कर्मचारी संगठन ११ औँ राष्ट्रिय महाधिवेसन आयोजक कमिटिका सदस्य तेजप्रसाद निउरे, भरत भुषाल, गोपालप्रसाद सापकोटा, निजामती कर्मचारी युनियनका सचिव नारायण पौडेल, नेपाल राष्ट्रिय कर्मचारी ससंगठन निजामतीका अध्यक्ष नारायणप्रसाद सापकोटा, कार्यालय प्रमुखको तर्फबाट बडिगाड गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बालाकृष्ण सुवेदीले मंतव्य व्यक्त गर्नु भएको थियो ।
उद्घाटन कार्यक्रम नेपाल निजामती कर्मचारी संगठन बागलुङका अध्यक्ष रामप्रसाद उपाध्यायको अध्यक्षता, सहसचिव मनोज कार्कीको स्वागत र सचिव श्यामकुमार थापाको संचालनमा सम्पन्न भएको थियो ।