महाशिवरात्री मेलाको भलिबल उपाधि कालिका युवा क्लब, रेशलाई

-


     कालिका दर्शन     
     फागुन १८ गते २०७८ मा प्रकाशित


पुष्पाञ्जली ग्रामिण विकास केन्द्रद्धारा भीमा पोखरामा आयोजित भलिबल प्रतियोगिताको उपाधि कालिका युवा क्लब रेशले जितेको छ । बुधबार सम्पन्न फाइनल प्रतिस्पर्धामा प्रगतिशिल युवा क्लबलाई पराजित गर्दै कालिकाले उपाधि जितेको हो ।प्रगतिशिलले दोस्रो स्थान प्राप्त गरेको छ ।
प्रतियोगिताको विजेताले नगद ४५ हजार र मेडल तथा दोस्रो हुने टिमले नगद २५ हजार प्राप्त गरेका छन । महाशिवरात्रीको अवसरमा सो प्रतियोगिता आयोजना गरिएको थियो ।