गलकोटमा फागुन २७ गते मेयर कप भलिबल हुने

-


     कालिका दर्शन     
     फागुन १९ गते २०७८ मा प्रकाशित


गलकोट नगरपालिकाको स्थापना दिवसको अवसरमा गलकोट नगर खेलकुद बिकास समितिको आयोजनामा अन्तर नगरपालिका स्तरिय मेयर कप भलिवल प्रतियोगिताको तयारी गरिएको छ ।
राज्यको पुर्नसंरचनापछि नयाँ बनेको गलकोट नगरपालिकाको स्थापना फागुन २७ गते भएकोले नगरपालिकाको स्थापना दिवसलाई भव्य रुपमा मनाउन मेयरकप प्रतियोगिताको आयोजना गरिएको खेलकुद बिकास समितिले जनाएको छ ।
फागुन २३ गतेदेखी २७ गतेसम्म चौथो नगरप्रमुख रनिङ शिल्ड तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समेत संचालन गर्ने तयारी भएको गलकोट नगर खेलकुद बिकास समितिका अध्यक्ष योगेश भण्डारीले जानकारी दिनुभयो ।
अन्तरपालिका स्तरिय पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने समुहले १ लाख नगद सहित मेयरकप, द्धितिय हुने समुहले ७५ हजार सान्त्वना स्थान प्राप्त गर्ने दुई समुहले २५÷२५ हजार साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने भण्डारीले बताउनुभयो ।
त्यस्तै सवोत्कृष्ट खेलाडिले १० हजार, बिधागत रुपमा उत्कृष्ट हुने सर्भर, स्पाईकर, सेटर, बल्कर, डिफेन्डर र टिम कोचलाई जनहि ५ हजार प्राप्त गर्ने नगर खेलकुद बिकास समितिका सचिव रुद्र नारायण सापकोटाले जानकारी दिनुभयो । प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले फागुन २४ गते गर्नुहुने भण्डारीले जानकारी दिनुभयो ।