प्रमुख धार्मिक पर्यटकीय स्थल बेनी नगरपालिका–९ गलेश्वरमा एकै दिन साढे तिन लाख भन्दा बढी भेटी संकलन भएको छ ।
महाशिवरात्रि पर्वको अवसरमा दर्शन गर्न र पुजाआजाका लागि आएका भक्तजनले चढाएको भेटी बुधबार सार्वजनिक गरिएको छ ।
गलेश्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष कुमारी रोकाले महाशिवरात्रिको दिन तिन लाख ५३ हजार ८७ भेटी संकलन भएको जानकारी दिनुभयो । उहाँका अनुसार कोषका पदाधिकारी, प्रहरी र जनप्रतिनिधिको रोहवरमा भेटी गनिएको हो । संकलित भेटी कोषको खातामा जम्मा गरिने भएको छ ।
म्याग्दी, पर्वत, बागलुङ, कास्की, चितवन लगायतका जिल्लाबाट महाशिवरात्रि पर्वमा तीस हजार भक्तजन आएको कोषका अध्यक्ष माधवपसाद रेग्मीले जानकारी दिनुभयो ।