दुर्गम गाउँको मोवाईल सेवाले स्थानियमा छाएको खुसी

-


     कालिका दर्शन     
     फागुन १९ गते २०७८ मा प्रकाशित


थम्मन थापा/ बागलुङ फागुन १९
केहि महिना पहिले सम्म त्यस क्षेत्रमा मोवाईल सेवा नै थिएन । गाउँलेहरुलाई सूचना आदान प्रदान गर्न
सम्वन्धित ठाउँमा घण्टौं लागेर धाउनु पर्थ्यो ।

मोवाईल सेवा नहुँदा निसीखोला गाउँपालिका वडा नं १ देविस्थान स्थित पाखापानी, तोरीखर्क, किटेनी, बराहचौर, सात्ले, स्वाँरा, डाँडागाउँ, पुर्नगाउँका झण्डै ५ सय घरधुरीले निकै समस्या झेल्दै आईरहेका थिए ।

अहिले भनें नेपाल टेलिकमले उक्त गाउँको लेबाङमा १२ मिटर अग्लो टावर निर्माण गरि सेवा सञ्चालनमा ल्याएपछि स्थानिय खुसी भएका छन ।

नेपाल टेलिकमले डिजिटल नेपाल निर्माण गर्न आफनो सेवा विस्तार र स्तरोन्नती कार्यलाई तीव्र रुपमा अगाडी बढाईरहेको सन्दर्भमा उक्त दुर्गम गाउँहरुलाई लक्षित गरि सेवा सुचारु गरिएको नेपाल टेलिकम बागलुङका प्रमुख तथा वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिए ।

स्थानियलाई मध्यनजर गर्दै टेलिकमले अहिले टुजी मार्फत भ्वाईस सेवा सञ्चालनमा ल्याएको उनले बताए । मोवाईल सेवा सुचारु भए सँगै मोवाईल प्रयोगकर्तालाई सहजता भएको छ शर्माले भनें ूयसभन्दा अगाडी त्यस स्थानमा कुनै पनि मोवाईल सेवा थिएन त्यहाँका स्थानियबासी सञ्चारको पहुँचमा नहुँदा उहाँहरुले कठिनाई भोग्दै आउनु भएको थियो ।

अब मोवाईल सेवा सञ्चालनमा आएसँगै उक्त समस्या हटेको छ । छिट्टै अत्याधुनिक प्रविधीको चौंथो पुस्ताको फोरजी मोवाईल सेवा उपलब्ध गराउन टेलिकमले गृहकार्य गरिरहेको छ । सेवा नपुगेको ठाउँमा सेवा विस्तार गर्ने र सञ्चालन भएका ठाउँमा आवश्यकता अनुरुप सेवाको समय सापेक्ष स्तरोन्नती गर्ने टेलिकमले जनाएको छ ।

ू मोवाईल सेवा नहुँदा यहाँका नागरिकको समस्यालाई मध्यनजर गरेर हामीले नेपाल टेलिकम सँग समन्वय गरेका थियौं । भौगोलिक विकटता, उपकरणहरु पुर्याउन निकै कठिन परिस्थितीको सामना गर्दै टेलिकम सँगको सहकार्यमा मोवाईल सेवा सञ्चालन गर्न सफल भएको समाजसेवी भरत पुनले बताए ।

पहिले डाँडाकाँडा तिर पुगेर फोन गर्नु पर्ने बाध्यता थियो अहिले यहाँ टावर निर्माण भएपछि घरमै बसेर मज्जाले कुराकानी गर्न पाउँदा आफुहरु खुसी भएको लेबाङ निवासी मनिलाल बुढा मगरले भन्नुभयो ।

मोवाईल सेवा सञ्चालन भएपछि निसीखोला गाउँपालिका वडा नं १ देविस्थानको साविक वडा नं ३ र ४ का ५ सय बढि घरधुरी लाभान्वित भएको स्थानिय श्री प्रसाद विश्वकर्माले जानकारी दिए ।