योगिनी अवतारकी भगवती, योगिनी (काप्रे) भगवती मन्दिर (जानकारी)

-


     कालिका दर्शन     
     फागुन १९ गते २०७८ मा प्रकाशित


ॐ श्री परमात्मने नमः श्रीयोगिनी देव्यै नमः योगिनी भगवती मन्दिर
. पृष्ठभूमि : योगिनी भगवती मन्दिर ऋषि महर्षिहरुको तपोभूमि शालग्राम प्रवाहिनी श्रीकालीगण्डकी नदीदेखि ६ कि.मि र प्रसिद्ध कालिका भगवती मन्दिरबाट करिव ५ कि. मी पश्चिममा अवस्थित छ । ऐतिहासिक स्थल माझकोट, कारिकोट, संसारकोट क्षेत्रको दक्षिण भाग तथा सर्वसिद्धिधाम पञ्चकोटको दक्षिण पश्चिममा रहेको यस स्थान धार्मिक दृष्टिले अत्यन्त महत्व राख्दछ ।
योगिनी भगवती शीला स्वरुप स्वयं उत्पत्ति भएको विश्वास गरिएको स्थलमा हालको मन्दिर निर्माण गरिएको छ । देवीका विभिन्न स्वरुप मध्ये कालिका भगवती, मालिका भगवती र योगिनी भगवती यस क्षेत्रमा तीन बहिनीको रुपमा विराजमान भएको र यिनीहरुको उपासना एवं आराधनाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ ।


२.अवस्थिति : बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा नं ३ मूलपानी क्षेत्रको मध्यभाग काप्रेमा यो मन्दिर रहेको छ । सडक यातायातको दृष्टिले बागलुङ बजारदेखि करिव ५ कि. मि पश्चिममा अवस्थित यस मन्दिर कालिमाटी रिङ्गरोड काप्रे खण्डको सडकदेखि करिव ४०० मि दक्षिणमा रहेको छ । समुद्र सतहदेखि १२१० मिटरको उचाईमा स्थित यस मन्दिर मध्य पहाडी लोकमार्गको करिव १५०० मि. को उत्तरमा विद्यमान छ । गाउँको बीचमा तर धार्मिक एवं पर्यटकीय दृष्टिले अत्यन्त मनोरम स्थानमा रहेको मन्दिरबाट सूर्योदय तथा सूर्यास्तको सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ ।


३. धार्मिक, सांस्कृतिक महत्त्व : सदिऔंदेखि स्वतः स्फूर्त रुपमा कुण्ड आकारको शीलालाई भगवती मानी पूजा, अर्चना गर्ने, गाउँमा लामो समय खडेरी पर्दा अखण्ड सङ्कीर्तन गर्ने तथा आफ्नो मनोकामना पूरा गराउनका लागि भाकल गरी देवीको पूजा हुँदै आएको स्थानमा मन्दिर निर्माण गरिएको यस स्थल धार्मिक आस्थाको दृष्टिले अत्यन्त महत्वपूर्ण क्षेत्र मानिन्छ ।

बागलुङ जिल्ला मूलपानी निवासी जि.मु. डिल बहादुर खत्री, डिट्ठा देवेन्द्र प्रसाद जोशी, मानबहादुर भण्डारी, गणेश डोटेल (पन्त¬) र रेश्मीलाल गौतम भारतका विभिन्न तीर्थहरुमा तिर्थाटन गरी प्युठान जिल्ला स्थित स्वर्गद्वारी महाप्रभूको आश्रममा पुगेर उहाँको दर्शन गर्दा पूर्वोक्त व्यक्तिहरु मध्ये डिल बहादुर खत्रीलाई, “तिमीलाई घरमा राम्रो बन्दोवस्त रहेछ, भविष्यमा पनि राम्रो हुँदै जानेछ, अब मैले भनेको मान्नु प¥यो । तिम्रो घरको पूर्वतिरको डिलमा एउटा चुत्राको बोट रहेछ, उक्त बोटमुनि रहेको ढुङ्गाको कुण्ड आकारलाई भगवती मानी पूजा गर्दा रहेछौ, त्यहाँ प्रत्यक्ष योगिनी अवतारकी भगवती छिन् ।

उनको पूजा आराधना गरेमा कल्पना गरेको कुरा पुग्दछ । त्यसकारण त्यहांँ भगवतीको मूर्ति स्थापना गरी नित्य पूजा चलाउनू ।” त्यस्तै मानबहादुर भण्डारीलाई बिहान बेलुका पूजामा नैवेद्य, प्रसाद चढाउनू, गणेश पन्तलाई भगवतीको नित्य पूजा गर्नू भनेकाले स्वर्गद्धारी महाप्रभूको आज्ञा बमोजिम मन्दिर निर्माण गरी डिट्ठा देवेन्द्र प्रसाद जोशीले भारतको कलकत्ताबाट ल्याएको मूर्तिलाई प्रतिस्थापित गरेपछि नित्यपूजा सञ्चालन भएको हो ।

मन्दिर निर्माणको लागि स्थानीय जग्गादाता त्रिलोचन गौतमले अर्पण गरेको जग्गामा काप्रे निवासी नैनसिंह खत्री (धरे) नामका व्यक्तिको ढुङ्गा खानीबाट ढुङगा लैजाँदै गर्दा मन्दिरको गारो आधा भएपछि खानीमा राम्रो ढुङ्गा आएको देखेर ढुङ्गाको बन्दोबस्त अन्यत्रै गर, अब म ढुङ्गा दिन सक्दिन” भनी निजकी श्रीमतीले ढुङ्गा रोक्दाको राती उनको गोठमा बाघले आक्रमण गरेछ, भोलिपल्ट बिहानै संस्थापक मध्येका डिल बहादुर खत्रीको घरमा गएर “मैले ढुङ्गा खानीमा रोक लगाउँदाको रात बाघले गोठमा आक्रमण ग¥यो । मैले गल्ती गरें । ढुङ्गा लगेर मन्दिर निर्माण गर्नुहोस् । मैले खानी रोक्दिन ।” भनी निजको श्रीमतीले भनेको स्थानीयहरु बताउँछन् ।

मन्दिर निर्माण पश्चात् संस्थापक डिल बहादुर खत्रीले नवाह यज्ञ लगाउँदाको तेश्रो दिन राती अन्दाजी २ बजेतिर मन्दिरका शंख, घण्ट र नगरा आँफै बजेको स्थानीयको भनाई छ । त्यसैगरी मन्दिर निर्माण कार्य सम्पन्न भई नियमित पूजा चलेको केही समयपछि पुजारी गणेश पन्तले पूजा गरिरहेको समयमा भगवतीको मूर्तिमा पसिना आइरहेको र पटक–पटक पुछ्दा पनि पसिना आइरहँदा पुजारीले अचम्म मानी स्थानीय विद्वान् देवेन्द्र प्रसाद जोशीलाई सोध्दा उहाँले “गाउँमा कुनै विघ्न बाधा आउन लागेकोले मूर्तिबाट पसिना आएको हो ।” भन्नु भएको थियो त्यसको भोलिपल्ट मन्दिर नजिकैका भिम बहादुर खत्रीका घर र धन्सारमा ठूलो आगलागी भएको घटना आफूहरुले प्रत्यक्ष देखेको स्थानीयको भनाई छ ।
४. धार्मिक गतिविधि

क) भगवती मन्दिरको नित्य पूजा : मन्दिर परिसर भित्र श्री योगिनी भगवती मन्दिर, श्री सिद्धि गणेश मन्दिर र श्री रामेश्वर महादेव मन्दिर रहेका छन् । भगवती मन्दिरका पूजारीबाट नै प्रत्येक दिन बिहान बेलुका ती मन्दिरहरुमा विधिपूर्वक नित्य पूजा हुन्छ । त्यस्तै मन्दिर भित्रको पूजा सकिएपछि मन्दिर बाहिर दक्षिणतर्फ रहेका कालीनागको पूजा गरी दूध चढाउने गरिन्छ ।

ख) विशेष पूजा तथा सत्सङ्ग ः चैतेदशैं तथा बडा दशैंको नवदुर्गा भरि विशेष पूजा–अर्चना, पाठ पारायण गरी अखण्ड दीप प्रज्ज्वलन गरिन्छ । छिमेकी गाउँपालिकाका भक्तजनहरु पनि यहाँ पूजा–अर्चनाको लागि आउँदछन् । शनिबार, मङ्गलबार, अष्टमी आदि तिथिहरुमा मन्दिरमा भाकल पूरा गर्न तथा देवीको पूजा गर्न आउने भक्तजनहरुको संख्या पनि उल्लेख्य नै हुन्छ । भक्तजनहरुले चढाउन ल्याएका जिन्सी, नगद तथा धातुका सामानहरु मन्दिर व्यवस्थापन समितिबाट रसिद काटेर चढाउने व्यवस्था गरिएको छ ।

स्थानीय मानिसहरु प्रत्येक वर्ष श्रावण महिनामा भगवतीलाई खीर चढाए पछि मात्र आफ्नो घरमा खीर पकाएर खाने गर्दछन् । भगवती मन्दिर परिसरभित्र रहेका श्री सिद्धि गणेशको मन्दिरमा भाद्र शुक्ल चतुर्थी, मंगल चौथी, मंगलबार र रामेश्वर महादेव मन्दिरमा सोमबार, श्रावण महिना, शिवरात्री, बालाचर्तुदशी र अक्षय तृतीयाका दिन रुद्री पूजा तथा अन्य कार्यका लागि भक्तजनहरुको भीड लाग्दछ । साथै यी मन्दिरहरुमा विवाह र ब्रतबन्धका कार्यहरु पनि भइरहने गर्दछन् । यस्तै स्थानीय जग्गादाता घनराज भण्डारीले उपलव्ध गराएको जग्गामा २ तले सत्तल निर्माण भई विशेष पर्वहरुमा भजन–कीर्तन एवं सत्सङ्ग सञ्चालन हुँदै आएको छ ।

ग) बलीः मन्दिरमा बोका, राँगो जस्ता बलीका साथै नरिवल, फुर्से, घिरौंला आदिको कुष्माण्ड बली पनि दिइन्छ । भक्तजनहरुले रोट, खिर आदि चढाउन ल्याउँदछन् ।

घ) मन्दिर जाने बाटोः बागलुङ बजार शिवधाराचोक, कालिमाटी रिङ रोडमा पर्ने काप्रे गाउँको बीचबाट करिब ५ सय मिटर गोरेटो बाटो हुँदै पैदल यात्रा पछि मन्दिरमा पुगिन्छ ।

ङ) मन्दिरको विशिष्टताः मन्दिरको दक्षिणतर्फ मन्दिरसँगै कालीनागको बासस्थान रहनु, स्वयम् उत्पत्ति भएका कुण्ड आकारका शिलामा योगिनी अवतारकी भगवती विराजमान हुनु, पुजारीलाई समय समयमा मार्ग निर्देशनात्मक दीक्षा प्राप्त भइरहनु

५. कार्ययोजनाको तर्जुमाः
क) परिचय : विगतदेखि यस भगवती मन्दिरको नेतृत्व संस्थापक स्व. डिल बहादुर खत्री एवम् उहाँका जेष्ठ सुपुत्र दल बहादुर खत्रीको परिवारबाट हुँदै आएको र उहाँहरुको सक्रियतामा मन्दिरको विकास तथा संरक्षणका लागि उल्लेखनीय कार्यहरु भएका थिए । वि.सं. २०५५ सालमा काप्रे भगवती सामुदायिक विकास समिति गठन भई मन्दिर व्यवस्थापनका लागि विभिन्न कार्यहरु भएका छन् । मन्दिर निर्माण पश्चात् सामाजिक सरसल्लाह र सहभागितामा मन्दिरको व्यवस्थापन हुँदै आएकोमा वि.सं. २०७५ साल माघ महिनाको २१ गते काप्रे भगवती मन्दिर व्यवस्थापन समिति गठन भएर विधिवत रुपमा जिल्ला प्रशासन कार्यालय बागलुङमा दर्ता भई मन्दिरको व्यवस्थापन कार्यमा क्रियाशील रहेको छ ।

विगतमा भएका अनुकरणीय कार्यहरुलाई पछ््याउँदै मन्दिरको महत्वलाई उजागर गरी यसको संरक्षण र प्रवद्र्धन तथा विकासका लागि व्यापक प्रचार प्रसार गर्ने, यस क्षेत्रलाई पावन तीर्थ स्थलको रुपमा स्थापित गर्ने पवित्र उद्देश्यले वर्तमान मन्दिर व्यवस्थापन समितिले यो कार्ययोजना निर्माण गरेको छ ।

ख) लक्ष्यः काप्रे योगिनी भगवती मन्दिरलाई महत्वपूर्ण तीर्थस्थल तथा धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने ।

उद्देश्यः भगवती मन्दिर व्यवस्थापन समिति बागलुङको सप्तवर्षीय कार्य योजनाका निर्दिष्ट उद्देश्यहरुः

१. मन्दिरको समग्र विकासका लागि गुरु योजना तयार गरी कार्यान्वयन गर्ने ।

२. स्वयम् उत्पत्ति (प्रकट) भएकी योगिनी भगवतीको विषयमा व्यापक प्रचारप्रसार गरी पावन शक्ति पीठको रुपमा पहिचान स्थापित गर्ने ।

३. योगिनी भगवती मन्दिरको कलात्मक मौलिकता कायम राख्दै मन्दिरको मर्मत, सम्भार गर्ने ।

४. मन्दिरको संरक्षण, व्यवस्थापन तथा विकासका लागि विगतमा भए गरेका कार्यहरुलाई लिपिबद्ध गरी अभिलेखन गर्ने ।

५. सत्संग भवन एवं धार्मिक सङ्ग्रहालय निर्माण गर्ने ।

६. गुठीको उचित व्यवस्थापन तथा मन्दिरको नाममा रहेको जग्गा नक्साङ्कन गरी एकिन गर्ने ।

७. मन्दिर परिसर तथा वरपर वातावरणीय स्वच्छता एवं हरियाली कायम राख्ने ।
७. मन्दिर जाने आउने बाटोको स्तर उन्नति ।

८. विशेष पर्व, बार, तिथि आदिमा भजन, कीर्तन तथा सत्सङ्ग सञ्चालन ।

९. चरित्रवान् र नैतिकवान समाज निर्माण गर्न, दुव्र्यसन निवारणका लागि समुदायमा चेतनामूलक कार्यक्रम सञ्चालन ।

१०. मन्दिर परिसर एवं बाह्य वातावरण स्वच्छ, हरियाली एवं वातावरणमैत्री बनाउने ।

लागत तथा समयावधि :

योगिनी भगवती मन्दिरको योजना तथा कार्यक्रमको लागि एक सप्तवर्षीय गुरु योजना तर्जुमा गरी सञ्चालन गरिनेछ । उक्त कार्यका लागि करिब १ करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । मन्दिरको आफ्नो स्रोत, साधन तथा क्षमता, सरोकारवालाको रुचि चाहना एवम् सुझाव, प्राविधिक सम्भाव्यता, सरकारी एवं गैर सरकारी सहयोग, मन्दिर क्षेत्रको भौगोलिक अवस्थिति आदिलाई ध्यानमा राखी कार्ययोजना कार्यान्वयन गरिनेछ ।

काप्रे भगवती मन्दिर व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरुको नामावली

१. अध्यक्ष श्री शिवप्रसाद गौतम ९८४७६२९४९१

२. उपाध्यक्ष श्री रामचन्द्र के.सी, ९८४७६६९१९१

३. सचिव श्री नारायण प्रसाद गौतम ९८५७६३१६४२

४. कोषाध्यक्ष श्री कर्ण कुमारी के.सी. ९८४७६६७७९६

५. सदस्य श्री जुद्धराज पराजुली ९८४७६३३१५२

६. सदस्य श्री कोपिला के.सी. ९८६७६८०३७१

७. सदस्य श्री सुशिला भण्डारी ९८४७६६८११२

८. सदस्य श्री मनु के.सी. ९८४७६६६९२४

९. सदस्य श्री भूमिराज गैरे ९८४७६२२५५१

१०. सदस्य श्री डम्मर बहादुर के.सी. ९८४७६४००६०

११. सदस्य श्री पोषकनाथ गौतम ९८४७६६०३४७

सल्लाहकार १. श्री रुद्रबहादुर के.सी. २. श्री बद्रि बहादुर के.सी. ३. श्री टेक नारायण के.सी. ४. श्री कृष्णा भण्डारी

(लेखक: काप्रे भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शिव प्रसाद गौतम हुनुहुन्छ ।)