नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी बृद्धि गरेको छ । निगमको विहिबार बसेको संचालक समिति बैठकले डिजेल, पेट्रोल र मट्टितेल प्रतिलिटर ५ रुपैयांका दरले बृद्धि गर्ने निर्णय गरेको छ । निगमको यो मूल्य बृद्धि फागुन १९ गते राति १२ बजे देखि लागू हुने उल्लेख गरिएको छ ।
निगमको पछिल्लो निर्णयबाट पेट्रोल १५० रुपैयां, डिजल १३३ रुपैयां , मट्टितेल १३३ पुगेको छ । खाना पकाउने ग्यासको मूल्य बृद्धि गरिएको छैन । ग्यांस प्रतिसिलिण्डर १,५७५ रुपैया रहेको छ । यसै गरि हवाइन्धन १३६ रुपैया रहेको छ ।
अन्तराष्टिय बजारमा कच्चा तेलको मूल्यमा भारी बढोत्तरी भईरहेको सन्दर्भमा निगमलाई प्राप्त मूल्यसूचीको आधारमा यो मूल्य कायम गरिएको बताएको छ । यो मूल्य बृद्धिपछी पनि निगमलाई १५ दिनमा २ अर्ब ५० करोड घाटा हुने निगमको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
हेर्नुहोस विज्ञप्ती