पोखराको मालेपाटनमा आइटिएफ तेक्वान्दोको प्रशिक्षण

-


     कालिका दर्शन     
     फागुन १९ गते २०७८ मा प्रकाशित


नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघ, गण्डकी प्रदेश समितिले पोखराको मालेपाटनमा आइटिएफ तेक्वान्दोको प्रशिक्षण शुरु गरेको छ । मालेपाटनको बाराही माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थिहरु सहितका किशोर तथा युवाहरुले आइटिएफ तेक्वान्दो खेल प्रति रुचि देखाएपछी प्रशिक्षण प्रारम्भ गरिएको महासंघले जनाएको छ ।


सो प्रशिक्षणमा हाल ३२ जना खेलाडीहरु रहेका छन । यस क्षेत्रमा मार्शल आर्टप्रति रुचि देखाउने युवाहरु रहेको र आसपासमा आइटिएफ तेक्वन्दोको थप डोजाङहरु स्थापना गर्न लागिएको प्रशिक्षक बिशाल बुढाले जानकारी दिए । २२ बर्षिय प्रशिक्षक बुढाले यस अघि म्याग्दी तथा बागलङमा पनि खेलाडीहरुलाई प्रशिक्षण दिएको ५ बर्षको अनुभव छ । साथै उनिसंग धेरै राष्ट्यि गेमहरु र अन्तराष्टिय स्तरको प्रशिक्षणको समेत अनुभव रहेको छ । पोखराको पिएन क्याम्पसमा अध्ययनरत बुढा ब्ल्याक बेल्ट तेस्रो डान प्राप्त प्रशिक्षक हुन ।


आइटिएफ खेलको बिस्तार र प्रचारको लागि महासंघले पोखरा खटाएपछी विशालले पोखरामा सक्रियता बढाएका छन । पोखराका पुराना आइटिएफका प्रशिक्षक तथा खेलाडीहरुसंग पुरानो प्रशिक्षण र हालको प्रशिक्षण विधीबारे अन्तरक्रिया गरिरहेका छन । साथै पोखराका विभिन्न कलेज तथा विद्यालयहरुमा आइटिएफको माग भए अनुसारको प्रशिक्षण व्यवस्थापनका लागि केन्द्रसंग समन्वय गरी आवश्यक गृहकार्य गरिरहेको बताउछन ।