नेकपा माओबादी केन्द्र निकट वाइसिएल नेपालको गण्डकी प्रदेश समितिको बैठक पोखरामा सम्पन्न भएको छ । सो बैठकले गण्डकीका सम्पूर्ण जिल्लाहरुको पालिका र वार्डहरुमा संगठन विस्तार गर्ने निर्णय गरिेको छ । बैठकले प्रदेस समितिलाई पूर्णता दिने निर्णय गरेको छ । बैठकले बागलुङ जिल्लाबाट ११ जनालाई प्रदेश समिति सदस्यमा मनोनयन गरेको छ ।
बागलुङबाट प्रदेश सदस्यमा सुमित घर्ति, रमेश घर्ति, नारायण हमाल, बसन्त थापा, मनोज पुन, सबिना न्यूरे, के.वी पुन, शिव क्षेत्रि, बेग बहादुर घर्ति असिम, प्रेम किसान, नविन थापा काला र मित्रलाल घर्तिलाई मनोनयन गरिएको प्रदेश इन्चार्ज राज कुमार दुलालले जानकारी दिनु भयो । साथै बैठकले पालिकाबाट सिफारिस भएको प्रदेश सदस्यहरुलाई वाइसिएलको पालिका इन्चार्जको समेत जिम्मेवारी दिइएको छ ।
बैठकपछी संक्षिप्त कुराकानी गर्दै प्रदेश इन्चार्ज दुलालले अवको निर्वाचनमा माओबादी पार्टी र पार्टीका उम्मेदवारहरुको सहयोगका लागि वाइसिएल नेपालले सक्दो सहयोग गर्ने बताउनु भयो । अव हाम्रो संगठन वडाका टोल टोलमा पुग्दैछ । जनताको घर घरमा पुगेर पार्टीको पक्षमा जनमत बनाउने र जनताको सेवामा वाइसिएल जुट्ने उहांले बताउनु भयो ।यसै गरी गण्डकी प्रदेशमा ३ सय १ सदस्यीय साइबर यूनिट समेत निर्माण गरिएको दुलालले जानकारी दिनु भयो ।