निर्माण व्यवसायी संघको अध्यक्षमा राजराज गुरङ

-


     कालिका दर्शन     
     फागुन २१ गते २०७८ मा प्रकाशित


निर्माण व्यवसायी संघ, बागलुङको पाचौं जिल्ला सम्मेलन शनिवार बागलुङ बजारमा सम्पन्न भएको छ । सो सम्मेलनले रामराज गुरुङलाई निर्माण व्यवसायी संघ बागलुङको अध्यक्षमा सर्बसम्मत चयन गरेको छ । सम्मेलनले भूपेन्द्र खड्कालाई बरिष्ठ उपाध्यक्ष तथा उपाध्यक्षहरुमा मधुसुधन राजभण्डारी, सन्दिप खड्का र अरुण शाक्यलाई चयन गरेको छ ।
यसै गरी सम्मेलनले सदस्यहरुमा दुर्गा बहादुर खत्री, योगेश बहादुर भण्डारी, राजिन खड्का, विमलेश आचार्य, दिपक कुमार अदै, दल बहादुर श्रीस, मनोज खड्का, लोकेन्द्र केसी, धु्रब खड्का, संगम घर्तिमगर, सुजन लामिछानेलाई चयन गरेको छ । नर बहादुर के.सी, कुष्ण बहादुर के.सी, सुरज खड्का, बुद्ध बोहोरा र क्षेत्र बहादुर केसीलाई आमन्त्रि सदस्य चयन गरिएको छ ।
कार्य समितिका सदस्यहरुबाट बाकी पदाधिकारीहरु चयन गरिने कार्यालय सचिव अनोज श्रेष्ठले जानकारी दिनु भयो । श्रेष्ठका अनुसार सल्लाहकारमा शनि केसीलाई चयन गरिएको छ । यस अघि केन्द्रीय सदस्य प्रकाश आचार्यले सम्मेलनको उद्घाटन गर्नु भएको थियो भने अध्यक्षता युवराज राजभण्डारीले गर्नु भएको थियो ।