शहिद सप्ताहमा ताराखोलाबाट ४ पत्रकार पुरस्कृत

-


     कालिका दर्शन     
     फागुन २१ गते २०७८ मा प्रकाशित


शहिद सप्ताहको अवसरमा ताराखोला गाउंपालिकाकाले ४ जना पत्रकारहरुलाई पुरस्कार प्रदान गरेको छ । सप्ताहको अन्तिम दिन शनिबार आयोजित समारोहमा गाउंपालिकाका अध्यक्ष प्रकाश घर्तिले प्रकाश बराल ,कान्तिपुर, राम थापा रासस, साधना पन्त आदर्श अनलाईन, पुर्नभद्र निउरे परिसुचन साप्ताहिक लाई सम्मान सहित पुरस्कार प्रदान गर्नु भयो ।


ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकश घर्तीले जनयुद्दको योगदानबाट ताराखोला स्वायत्त गाउँपालिकाको रुपमा स्थापित भएको बताउनुभयो । उहाँले सहिदको रगतलाई अपमान हुन नदिने भन्दै बिकास निर्माण मात्र नभई सहिदको सम्मानका कार्यक्रम पनि संचालन गर्ने बताउनुभयो । ताराखोलाले सहिद स्मृति पार्क बनाउने योजना पनि अगाडि सारेको छ ।


जनयुद्धका सहिद र बेपत्ता परिवारलाई ताराखोला गाउँपालिकाले सम्मान गरेको छ । कार्यक्रममा सहिद परिवारका सदस्य २१ जना र बेपत्ता परिवारका २ जनालाई सम्मान गरिएको हो । यसै गरी गाउँपालिकाले ताराखोला भित्रका २१ वटा बिद्यालयमा पढ्ने गरिव तथा जेहेन्दार बिद्यार्थीलाई शैक्षिक सामाग्री, झोला तथा छात्रवृत्ति वितरण गरेको छ ।


नेपाल कम्युनिष्ट पार्टि माओवादी केन्द्र ताराखोला गाउँपालिका अध्यक्ष दिवश खत्री, जनता समाजवादी पार्टीका प्रतिनिधि यामबहादुर घर्ती, पूर्व गाविस अध्यक्ष मनबहादुर रोका, नेपाल पत्रकार महासंघका सचिव बिजय राना, पत्रकार राम थापा अविरल, ताराखोला गाउँपालिका वडा नम्वर। २ का अध्यक्ष भद्रबहादुर घर्ती र भविकला रोका लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।