राष्टिय लोक तथा दोहोरी गीत प्रतिष्ठानद्धारा हरेक बर्ष संचालन हुदै आएको राष्टियस्तरको दोहोरी गीत प्रतियोगिता आगामी चैत्र १६ देखि १९ गतेसम्म हुने भएको छ । काठमाडौंको भृकुटी मण्डपमा आयोजना हुने प्रतियोगितामा भाग लिन चाहने कलाकार वा समूहहरुले चैत्र १२ गतेसम्म नाम दर्ता गर्नु पर्ने आयोजकले जनाएको छ । दर्ता शुल्क १ हजार रहेको छ ।
प्रतियोगितामा प्रथम हुने कलाकार वा समूहलाई नगद २ लाख २५ हजार शिल्ड, मेडर र प्रमाण पत्रको व्यवस्था रहेको छ । यस्तै दोस्रो पुरस्कार नगद १ लाख ५० हजार, तेस्रो पुरस्कार नगद १ लाख, सान्त्वना पुरस्कार नगद ५० हजार रहेको छ । प्रतियोगितामा उत्कृृष्ठ २ महिला, २ पुरुष र उत्कृष्ठ भेषभुषालाई पनि पुरस्कारको व्यवस्था रहेको छ ।
काठमाडौं भन्दा बाहिरबाट आएको समूहलाई क्वाटरफाइनलमा प्रवेश गरेपछी आयोजकले खाने बस्न व्यवस्था मिलाएको छ । कोविटको कारण २ बर्षसम्म सो प्रतियोगिता स्थगित भएको थियो । राष्टिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले नेपाली मालिक लोक दोहोरीको प्रबद्र्धन र सम्बद्धनका लागि यो प्रतियोगिता आयोजना गर्दै आएको छ ।