उम्मेदवारीको चर्चामा रहेका खिमानन्द कँडेल को हुन् ?

-


     कालिका दर्शन     
     फागुन २३ गते २०७८ मा प्रकाशित


काठेखोला गाउँपालिका वडा नं ५ साबिकको बिहुँ गाबिस वडा नं ८ दहपानीमा जन्मनु भएका यूवा एवम् वौद्धिक व्यक्तित्व खिमानन्द कँडेल पेशाले सिभिल ईन्जिनियर हुनुहुन्छ । उहाँले ईन्जिनियरिङ विधामा एसियाकै प्रतिष्ठित ईन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसबाट २०५९ सालमा स्नातकसम्मको अध्ययन पुरा गर्नुभएको छ भने २०६१ सालमा नेपाल कमर्स क्याम्पस, मीन भवन काठमांडौबाट व्यवस्थापन बिषयबाट स्नातकोत्तरसम्मको अध्ययन पूरा गर्नुभएको छ ।

उहाँले झण्डै २ दशक (१९ बर्ष) नेपालको जलविद्युत क्षेत्र एवम् अन्य पूर्वाधारहरुसँग सम्बन्धित बिभिन्न बिषयहरुमा विज्ञ परामर्शदाताको रुपमा काम गर्नुभएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र मार्फत नेपालका दुर्गम जिल्लाहरुमा झण्डै ५०० वटा जति लघु जलविद्युत आयोजनाहरुको सर्वे एवम् डिजाईनमा प्रत्यक्ष नेतृत्व, केही ठूला जलविद्युत आयोजना, सिंचाई, खानेपानी, पर्यटन पूर्वाधार, योजनावद्ध बिकास लगायतका क्षेत्रहरुमा काम गर्नुभएका यूवा, वौद्धिक व्यक्तित्व ईन्जिनियर खिमानन्द कँडेल बागलुङ जिल्लाको बिकास निर्माणमा समेत निरन्तर सकृय भूमिका निर्वाह गर्दै आउनुभएको छ ।

२०४६ साल देखि नै हालको नेकपा एमाले पार्टीसँग नै निरन्तर आवद्ध (३२ बर्ष) हुँदै आउनुभएका ईन्जिनियर खिमानन्द कँडेल हाल नेकपा एमालेको ईन्जिनियरिङ क्षेत्रको जनसंगठन प्रोग्रेसिभ ईन्जिनियरिङ एशोसियसन नेपालको केन्द्रीय पदाधिकारी एवम् गण्डकी प्रदेश ईञ्चार्ज समेत हुनुहुन्छ । उहाँले नेकपा एमालेले २०७८ आश्विन १५–१७ गोदावरी काठमांडौमा भएको प्रथम बिधान महाधिबेशन प्रतिनिधिको रुपमा समेत पार्टीको विधानलाई परिमार्जित गर्ने सन्दर्भमा महत्वपूर्ण भूमिका समेत निर्वाह गर्नुभएको थियो ।
धौलागिरी क्षेत्रका ईन्जिनियरहरुलाई एकतावद्ध गर्ने अभियानको नेतृत्वकर्ता, धौलागिरी क्षेत्रको पर्यटन प्रवद्र्धनको लागि धौलागिरी पर्यटन प्रवद्र्धन समिति अभियानको अध्यक्षको रुपमा रही समग्र धौलागिरी क्षेत्र र बिशेष गरी बागलुङ जिल्लाको बिकासको लागि निरन्तर भूमिका निर्वाह गर्दै आउनुभएको छ ।

निर्माण शुरु भएको मध्यपहाडी लोकमार्ग बागलुङ बजार अक्षेते बिहुँ घोडाबाँधे सडकखण्ड निर्माणमा व्यापक ढिलाई भैसकेपछि ई. कँडेलकै नेतृत्वमा निरन्तर जनदबाब अभियान समेत संचालन हुँदै आएको छ ।
काठेखोला गाउँपालिकाको हकमा मध्यपहाडी लोकमार्ग निर्माण, काठेखोला चक्रपथ निर्माण, पञ्चकोट देखि थाप्लेको धुरी, बेलढुंगा, झुलेनी, शिवधुरी, बृहत घोडाबाँधे क्षेत्र, थामनेटा, हलहले, गाजाको धुरी, रेशको धुरी हुँदै भकुण्डेसम्म ग्रटेर बाल अफ चाईनाको अवधारणामा आकर्षक पर्यटन पदमार्ग निर्माण गर्दा समग्र पूर्वी बागलुङ क्षेत्र (हालको बागलुङ नगरपालिका र काठेखोला गाउँपालिका) लाई एकीकृत गर्दै अगाडि बढ्दा अबको १० बर्षभित्रमा पूर्वी बागलुङलाई गण्डकी प्रदेशको राजधानी पोखरालाई टक्कर दिन सक्ने पर्यटकीय शहरको रुपमा समग्र काठेखोला र बागलुङ नगरपालिकालाई समेत बिकास गर्न सकिने प्रष्ट अबधारणालाई अगाडि सार्न, कृषि तथा पर्यटन क्षेत्रको अधिकतम उपयोग गर्दै स्थानीय स्तरमा व्यापक लगानी भित्र्याउन, देश तथा विदेशमा रहेका आम बागलुङे समुदायलाई योजनावद्ध रुपमा बागलुङको बिकासमा जोड्ने उहाँको प्रष्ट कार्ययोजना रहेको देखिन्छ ।

सुशासनको क्षेत्रमा निरन्तर आवाज उठाउँदै आउनुभएका ई. कँडेलले लुटको खेती, घायल मेरो देश, नेपालमा जलविद्युतको कुल क्षमता, धौलागिरी क्षेत्रका महत्वपूर्ण पर्यटकीय गन्तव्यहरु लगायतका पुस्तकहरु समेत प्रकाशन गर्नुभएको छ । कानूनी तथा नीतिगत क्षेत्रमा समेत उत्तिकै दख्खल र रुची राख्ने ई. कँडेलको बिस्तृत व्यक्तिगत परिचय यसप्रकार रहेको छ ।

जन्म ः २०३६ फाल्गुण ३ गते
जन्मस्थान ः काठेखोला ५, बिहुँ दहपानी
माता ः स्वर्गीय सरस्वती कँडेल
पिता ः समाजसेवी एवम् राजनीतिज्ञ श्री प्रमानन्द कँडेल
शैक्षिक योग्यता ः बिई (सिभिल) २०५९ , एमबिएस २०६१
प्राथमिक शिक्षा ः श्री ग्राम बिकास प्राथमिक विद्यालय (तत्कालीन), बिहुँ, बागलुङ
माध्यमिक शिक्षा ः श्री अमर माध्यमिक विद्यालय, बिहुँ, बागलुङ
कक्षा ३ देखि एसएलसीसम्म सँधै कक्षामा प्रथम स्थान एवम् कक्षा ३ र कक्षा ९ मा विद्यालय प्रथम, एवम् २०५२ सालको एसएलसीमा तत्कालीन समयमा हालको काठेखोला गाउँपालिका क्षेत्रबाट एक मात्र प्रथम श्रेणीमा उत्तिर्ण (६९.२ %), दोस्रोसँग झण्डै १० % को फरक रहेको ।
आईएससी ः अमृत साईन्स क्याम्पस (अस्कल), लैनचौर, काठमांडौ (२०५३–२०५५), प्रथम श्रेणी
स्नातक ः ईन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पस, ललितपुर (२०५५–२०५९) केही सेमेस्टरमा बिशिष्ट श्रेणी (प्रथम सेमेष्टरमा ८६%) र समग्रमा ७९.४% (प्रथम श्रेणी)
स्नातकोत्तर ः नेपाल कमर्स क्याम्पस मिनभवनमा २०५९–२०६१ (प्रथम श्रेणी)
– झण्डै २ दशक देखि नेपालको जलविद्युत एवम् बिकास पूर्वाधारहरु सम्बन्धी विज्ञ परामर्शदाताको रुपमा निरन्तर काम गर्दै आएको ।
– जल तथा ऊर्जा परामर्शदाता संघ नेपालको संस्थापक सदस्य एवम् निवर्तमान अध्यक्ष
– नेपालको जलविद्युत क्षमता सम्बन्धी पुस्तक प्रकाशन (२०७४ माघ), डा. हरिमान श्रेष्ठ पछि एकल रुपमा नेपालको जलविद्युत क्षमता सम्बन्धी गरिएको एकल अध्ययन
– लुटको खेती नामक पुस्तकको प्रकाशन गरी २०४६ साल देखि पछिको समयमा नेपालका विभिन्न क्षेत्रहरुमा मौलाउँदै गएको नीतिगत एवम् अन्य भ्रष्टाचारहरुको बिषयमा पुस्तक प्रकाशन
– घायल मेरो देश नामक गीति कविता संग्रहको प्रकाशन
– धौलागिरी क्षेत्रका प्रमुख पर्यटकीय गन्तव्यहरु सम्बन्धी पुस्तक प्रकाशन
– नेपाल पर्यटन बोर्ड र धौलागिरी समाज नेपालले प्रकाशन गरेको धौलागिरी क्षेत्रका प्रमुख पर्यटकीय गन्तव्यहरु एवम् गण्डकी सभ्यता सम्बन्धी पुस्तक प्रकाशनको नेतृत्व गरी धौलागिरी क्षेत्रको पर्यटन प्रवद्र्धनमा बिशेष योगदान पुर्याएको ।
– बागलुङ जिल्लाको पर्यटन प्रवद्र्धनको लागि निरन्तर अभियान सञ्चालन गरिरहेको ।
– काठेखोला गाउँपालिकामा होमस्टे प्रवद्र्धन एवम् पर्यटकीय गन्तव्यहरुमा पूर्वाधार बिकास र प्रचार प्रसारमा भूमिका निर्वाह ।
– बागलुुङ बजार अक्षेते बिहुँ घोडाबाँधे सडकखण्ड निर्माणको लागि जनदबाब अभियानको नेतृत्व
– भ्रष्टाचार विरोधी अभियानका एक पर्खर व्यक्तित्व
– वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँग विगतमा नेपालका ग्रामीण क्षेत्रमा रहेका झण्डै ५०० भन्दा बढी लघु जलविद्युत आयोजनाको सर्वे तथा डिजाईनको प्रत्यक्ष नेतृत्व गरेको अनुभव
– तत्कालीन ऊर्जा राज्य मन्त्री रामजी शर्मा ज्यूको स्वकीय सचिवको रुपमा ऊर्जा मन्त्रालयमा काम गर्दा नेपाल विद्युत प्राधिकरण अन्र्तगत रहेका १७ वटा जलविद्युत केन्द्र र दुईटा डिजेल प्लान्टको अध्ययन अबलोकन गरी सुधार गर्न सकिने संभावनाहरु सम्बन्धी पुस्तक प्रकाशनको नेतृत्व गरेको
– नेपाल विद्युत प्राधिकरण अन्र्तगत रहेको एनईए ईन्जिनियरिङ कम्पनीमा राष्ट्रिय योजना आयोगले ७५३ स्थानीय तहमा १ मेगावाटसम्मका जलविद्युतहरुको पहिचान सम्बन्धी अध्ययनमा जलविद्युत क्षेत्रको अध्ययनको सफलतापूर्वक नेतृत्व गरेको ।
– लघु जलविद्युत र जलविद्युत क्षेत्रसँग सम्बन्धित नीति निर्माण, डिजाईन सम्बन्धी क्षेत्रमा महत्वपूर्ण योगदान गरेको अनुभव
– मझौला तथा ठूला जलविद्युत आयोजनाहरुको सर्वे एवम् डिजाईन सम्बन्धी अनुभव
– ग्रामीण क्षेत्रको खानेपानी, सिंचाई, लघु उद्यम, ग्रामीण विद्युतीकरण, पर्यटन क्षेत्र लगायतका पूर्वाधार बिकास सम्बन्धी विभिन्न अध्ययनहरुको नेतृत्व गरेको अनुभव
– धौलागिरी सामुदायिक श्रोत बिकास केन्द्र (डिसिआरडिसी) बागलुङ मा बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र अन्र्तगत १० जिल्ला कार्यक्षेत्र रहेको क्षेत्रीय सेवा केन्द्र बागलुङको प्रमुखको रुपमा कार्य गरेको अनुभव
– समसामयिक बिषयमा सयौं लेख रचनाहरु प्रकाशित
– राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा जलविद्युत विज्ञको रुपमा काम गरेको अनुभव
– २०४६ सालमा वर्तमान नेकपा एमाले निकट अनेरास्वबियुमा आवद्ध भएपछि २०७८ सम्म ३२ बर्षसम्म निरन्तर नेकपा एमालेको संगठन बिस्तारमा योगदान गरेको, साथै नेकपा एमालेको जनसंगठन प्रोग्रेसिभ ईन्जिनियरिङ एशोसियसन नेपालको स्थापनाको लागि योगदान ।
– नेकपा एमालेको प्रथम विधान महाधिबेशन (२०७८ असोज १५–१७, गोदावरी, ललितपुर) प्रतिनिधिको रुपमा राजनीतिलाई असल बाटोमा डोराउने सम्बन्धमा महत्वपूर्ण लिखित सुझावहरु पेश गरेको ।
– सुशासन र न्यायको पक्षमा सशक्त ढंगबाट प्रस्तुत हुन सक्ने र गलत नियत एवम् प्रबृत्ति विरुद्धमा सँधै सशक्त ढंगबाट कलम चलाउँदै आएको पहिचान बनाउन सफल व्यक्तित्व ।
– नेपाल भ्रमण बर्ष २०२० अन्र्तगत गण्डकी प्रदेश मुल समितिको सदस्यको रुपमा काम गरेको अनुभव ।
– बागलुङ जिल्लाको दीगो बिकास र सामाजिक आर्थिक रुपान्तरणमा प्रष्ट भिजन राख्ने एकजना व्यक्तित्व ।
– गरीब, असहाय र बेसहारा जनताको स्वास्थ्य उपचार एवम् आवास व्यवस्थापनको लागि समेत बिशेष भूमिका निर्वाह गर्दै आएको अनुभव ।
– आम यूवाहरुको आशाको दीयोको रुपमा उदाउँदै गरेका एकजना बौद्धिक व्यक्तित्व ।
– बिकास निर्माणमा कुशल जनपरिचालन, स्रोत व्यवस्थापन गर्दैै जनताको बलमा समेत बिकास संभव छ भन्ने नारा गाउँ गाउँमा स्थापित गर्न सफल व्यक्तित्व ।
– धौलागिरी ईन्जिनियर्स समाजको संस्थापक अध्यक्षको रुपमा धौलागिरी क्षेत्रबाट देश तथा विदेशमा कार्यरत ईन्जिनियरहरुको संजाल निर्माण गरी विगतमा ईन्जिनियरिङ आवाज प्रकाशन मार्फत धौलागिरी क्षेत्रका बिकासका संभावनाहरुको बहसको नेतृत्व गरेको अनुभव ।
– धौलागिरी क्षेत्रका महत्वपूर्ण पर्यटकीय गन्तव्यहरु नमक पुस्तक प्रकाशनको नेतृत्व गरेको अनुभव ।
– बिहुँकोट बिकास मञ्च नामक अभियानको परिकल्पनाकार एवम् यस अभियानबाट देश तथा विदेशमा रहेका बृहत बिहुँकोट समुदायहरुलाई काठेखोला गाउँपालिकाको बिकास र सामाजिक अभियान सञ्चालन गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेको व्यक्तित्व ।
– स्व. गोविन्द अधिकारी मेमोरियल फाउण्डेसनको संस्थापक सचीब एवम् यस संस्थाबाट कोभिड समस्याको समयमा बागलुुङका विभिन्न स्थानीय तहमा मास्क, अक्सिमिटर र स्वास्थ्य सुरक्षा सम्बन्धी सामग्रीहरु सहयोग मार्फत कोभिड सचेतना अभियान सञ्चालनको लागि प्रयास गरेको ।

नेपाली ग्रामीण क्षेत्रको योजनावद्ध दीगो बिकासको लागि देश तथा विदेशमा रहेका आम बौद्धिक समुदायहरुले स्थानीय तह, प्रदेश र संघमा राजनीतिको मुल नेतृत्वमा स्थापित भएर अगाडि बढ्दा समृद्ध नेपाल सुखी नेपालीको अबधारणा सहजै प्राप्त गर्न सकिने र समग्र बागलुङ जिल्लालाई नेपाल एवम् विश्वको मानचित्रमा समृद्ध जिल्लाको रुपमा स्थापित गर्ने उद्धेश्यलाई पूरा गर्ने अभियानलाई अगाडि बढाउने शुरुवाती विन्दुको रुपमा गाउँपालिका अध्यक्षको रुपमा देश र जनतालाई सेवा गर्ने प्रष्ट योजनामा रहेको र यसको लागि देश तथा विदेशमा रहेका सम्पूर्ण बुबा आमा, दाजुभार्ई तथा दिदी बहिनीहरुलाई आँफूलाई काठेखोला गाउँपालिकाको अध्यक्षको रुपमा बिजयी बनाउन भूमिका निर्वाह गर्न समेत हार्दिक अपिल गर्नुभएको छ ।