जैमिनी, काठेखोला र ताराखोलामा दलित मुक्ति मोर्चा गठन

-


     कालिका दर्शन     
     फागुन २४ गते २०७८ मा प्रकाशित


नेकपा माओबादी निकट दलित मुक्ति मोर्चाको संगठन बिस्तार अभियान सोमबार जैमिनी पुगेको छ । जैमिनी नगर पालिका स्तरीय भेलाले हिरालाल विश्वकर्माको अध्यक्षतामा ३१ सदस्यीय कार्य समिति चयन गरेको छ । सो समितिमा उपाध्यक्ष दुर्गा बहादुर नेपाली, सचिव मिना परियार, सह सचिव कर्ण बहादुर बि.क तथा कोषाध्यक्षमा कोपिला नेपाली चयन हुनु भएको जिल्ला अध्यक्ष टिका कुमारी विश्वकर्माले जानकारी दिनु भयो । यस अघि भेलाको मोर्चाका केन्द्रिय सदस्य एवं प्रदेश सह-इन्चार्ज लाल बहादुर परियारले उद्घाटन गर्नु भएको थियो ।
काठेखोलामा आयोजित भेलाबाट छबिलाल विश्वकर्माको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरिएको छ । सो भेलालाई काठेखोला पार्टी अध्यक्ष कृष्ण थापा, मोर्चाकी जिल्ला अध्यक्ष वि.क लगायतले शुभ कामना दिनु भएको थियो ।
यसै गरी ताराखोलामा भएको भेलाबाट बुद्धि परियारको अध्यक्षतामा ४५ सदस्यीय समिति गठन गरिएको छ । सो अवसरमा पालिकाका अध्यक्ष प्रकाश घर्ति, ताराखोला पार्टी अध्यक्ष दिवस घर्ति, मोर्चाकी अध्यक्ष वि.क लगायतले शुभ कामना दिनु भएको थियो ।