जैमिनिमा पनि मनाइयो महिला दिवस

-


     कालिका दर्शन     
     फागुन २४ गते २०७८ मा प्रकाशित


विमल पौडेल /जैमिनि बागलुङ

सामाजिक न्याय र लैङ्गिक समानता दिगो विकासको सुनिश्चितता भन्ने नाराका साथ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा जैमिनि नगरपालिका तथा सुआहाराको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको छ।

तुलसिदेवि पाध्याको अध्यक्षता , गोपाल प्रसाद शर्माको प्रमुख आतिथ्यता तथा सुर्य ब विकको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्ने वक्ताहरुले महिलाहरु अब घरायसि कामकाजमा मात्रै सिमित नभई राज्यका हरेक निकायसम्म पुग्न सक्नुपर्ने र महिला दिवशलाई दिवशको रुपमा मात्र नभई महिलाहरुले समान अधिकार प्राप्त गर्ने तहसम्म आजको दिनलाई लिनुपर्नेमा जोड दिएका थिए।

महिला शसक्तिकरण र लैङ्गिक समानता कायम गर्दै अगाडि बढ्नुपर्ने कुरामा जोड दिईएको नगरपालिकाका कर्मचारि रेनुका शर्माले जानकारि गाउनभयो ।कार्यक्रम सुरु हुनुपुर्व र्यालिसहित कुश्मिसेरा बजार परिक्रमा समेत गरिएको थियो भने कार्यक्रमको सञ्चालन जैमिनि नगरपालिकाका कर्मचारि देवि विकले गर्नुभएको थियो ।