योङ कम्युनिष्ट लिग( वाईसिएल ) नेपाल ,बागलुङ नगर समितिको भेला बुधबार बागलुङ बजारमा सम्पन्न भएको छ । भेलाले राजु बि.कको अध्यक्षतामा ५५ सदस्यीय वाइसिएल नगर समिति, बागलुङको कार्य समिति सर्बसहमतिमा चयन गरेको छ । सो समितिमा उपाध्यक्ष दिनेश शर्मा, सचिव आषिस क्षेत्री, सहसचिव तेजेन्द्र परियार, राम प्रसाद सुवेदी, संगिता रेग्मी, एकराज शर्मा तथा कोषाध्यक्षमा जिवन जिशी लगायत रहनु भएको छ ।
नगर समितिका इन्चार्ज एवं प्रदेश समिति सदस्य शिव जिशीको अध्यक्षतामा भएको सो भेलाको वाइसिएल गण्डकी प्रदेश इन्चार्ज राजकुमार दुलालले उद्घाटन गर्नु भएको थियो । उद्घाटन मन्तव्यमा प्रमुख अतिथि दुलालले वाइसिएल माओबादी पार्टीको लालसेना भएको बताउदै लालसेनाले जनता र पार्टीका लागि जुन सुकै सहयोग गर्ने बताउनु भयो । उहांले आगामी स्थानीय निर्वाचनमा जनताको घर घरमा पुगेर माओबादी पार्टीको नीति तथा कार्यक्रम र योजना जनतालाई स्पष्ट बुझाएर भोट माग्ने बताउनु भयो ।
पार्टीका प्रदेश समितिका सचिवालय सदस्य एवं बागलुङ समन्वय समितिका अध्यक्ष ज्ञामनाथ गैरे अनिलले पछिल्लो विकसित राजनैतिक घटना क्रम र पार्टीले गरेका निर्णय र नीतिका बारेमा भेलालाई जानकारी गराउनु भयो । सो अवसरमा वाइसिएलका केन्द्रिय सदस्य एवं प्रदेश सहइन्चार्ज नरेश केसी ,पार्टीका प्रदेश समिति सदस्य लाल बहादुर परियार, कुमार विक्रम क्षेत्रि, टिकाकुमारी विश्वकर्मा, प्रदेश सल्लाहकार बद्री प्रसाद शर्मा, बाबुलाल शाक्य ,नगर समिति कोषाध्यक्ष धनमाया शर्मा तथा अखिल क्रान्तिकारी, बागलुङ अध्यक्ष मिलन काउचाले शुभ कामना मन्तव्य राख्नु भएको थियो ।
भेलामा वाइसिएल बागलुङ नगर समितिका सस्थापक अध्यक्ष नर बहादुर के.सीलाई सम्मान गरिएको थियो । भेलाको संचालन वाइसिएल केन्द्रिय सदस्य झमन पाण्डेले गर्नु भएको थियो ।