एन प्याव्सनको केन्द्रमा बागलुङका शर्मा तथा प्रदेशमा भण्डारी र खड्काको चयन

-


     कालिका दर्शन     
     फागुन २५ गते २०७८ मा प्रकाशित


नेशनल प्याव्सनको सातौं राष्टिय महाधिवेशन सम्पन्न भएको छ । नेपालगञ्जमा भएको महाधिवेशनबाट पाण्डव हमाल केन्द्रिय अध्यक्षमा चयन हुनु भएको छ । सो महाधिवेशनबाट बागलुङका बालकृष्ण शर्मा खुल्ला केन्द्रिय सदस्यमा चयन हुनु भएको छ । शर्मा फ्यूचर ब्राइटर बोडिङ स्कूलका संचालक प्रिन्सिपल हुनुहुन्छ ।
यसै गरी गल्कोट स्थित नवप्रभाव बोडिङ स्कूलका हिरा भण्डारी प्रदेश उपाध्यक्षमा चयन हुनु भएको छ । बागलुङ स्थित गुरांस विद्या सदनका प्रिन्सिपल निसान खड्का प्रदेश समितिको सदस्यमा निर्वाचित हुनु भएको छ ।